काठमाडौं । नेपाली संगीत क्षेत्रमा निरन्तर चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् ।
उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले ५० हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेका छन् ।
पछिल्लो समय अमेरिकामा बस्दै आएका वरिष्ठ संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अबसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए ।
उनी काठमाडौं आएको बेला सो पुरस्कार मँगलबार काठमाडौंमा बरिष्ट गायिका शाहलाई प्रदान गरिएको हो । सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली लोक संगीत सृजना र भाका सँकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए ।
टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कार भन्दा नीजि क्षेत्रबाट प्राप्त यती ठुलो रासीको पुरस्कार आफ्नोलागि अझ महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताईन् ।
अब या पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने गायिका शाहले सो कार्यक्रममा बताईन् ।
बरिष्ट संगीतकार तथा गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर गायर आफ्नो बाल्यकाल बितेको बताए ।
यस्तै, संगीतकार सन्तोष श्रेष्ठ र गायक भिमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका चन्द्रकला शाहले नेपाली लोक संगीत क्षेत्रमा साँढे चार दशकदेखि पुर्याएको योगदानको सो क्रममा चर्चा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: