Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

राष्ट्रिय जनमोर्चाको निष्कर्ष : एमाले र राजावादीहरुले देशलाई प्रतिगमनमा लान खोजीरहे

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा ऐक्यबद्धता

खबरडबली संवाददाता

काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजावादीहरुले देशलाई प्रतिगमनमा लान खोजेको आरोप लगाएकाे छ। बुधबार बुटवलमा बसेको केन्द्रीय कमिटी बैठकले यस्ताे आरोप लगाएकाे हो ।

अमेरिकाले एमसिसी पारित गराउन, भारतले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने खोजेको निष्कर्ष निकालेको छ। 

यस्तै, पाँच दलीय गठबन्धन फुटाउनका लागि विभिन्न शक्तिहरु लागेको समेत बताएको छ। 

अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भइरहेको छ। त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन्।’ 

सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशकाविरुद्ध चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट समेत गरेको छ। राजनीतिक नियुक्ति प्रवृत्ति रहेसम्म न्यायालयमा यस्तो समस्या भइरहने उनको भनाइ छ। 

अध्यक्ष केसी भन्छन्, ‘न्यायालयमा अहिलेको अवस्था ल्याउने नै राजनीतिक पार्टी, संसद् न्यायाधीशहरू, वकिलहरू सबै जिम्मेवार छन्। न्यायपालिकामा सुधार हुनुपर्छ न्यायपालिका र राजदूतहरू भागबण्डामा हुनु हुँदैन भनेर हामी आवाज उठाइरहेका छौँ।’

अहिले न्यायालयमा देखिएको विकृति र विसंगति राजनीतिक दल र न्यायाधीशहरूको भागबण्डाबाट हुने नियुक्ति रोके समाधान हुने उनको बुझाइ छ। 

बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

जनकपुर-जयनगर-भंगाहा रेल सेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाले पनि देला ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...

बेलायत पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्।  त्रिधार्मिकस्थल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies