Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

सिन्धुपाल्चोकमा गौराति मेला आजबाट सुरु

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।  धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भिमसेन मेला आज शुक्रबारबाट सुरु भएको छ । मेला आज शुक्रबार र भोली शनिबारसम्म जारी रहन्छ। 

कोरोना महामारीका कारण सामान्य पूजाबाहेक दुई वर्षसम्म रोकिएको मेला यस वर्ष जनस्वास्थ्यको मापदण्ड अपनाइ सास्कृतिक कार्यक्रमसहित भव्य रुपमा गर्न लागिएको हो ।

प्रत्येक कात्तिक पूर्णिमाको दिनबाट लाग्ने गौराति भिमसेन मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यस मेला जिल्लाकै ठुलोे मेलाका रुपमा मानिने गरिएको छ। मेला भर्न काठमाडौं उपत्यका, दोलाखा, रसुवा, नुवाकोट, रामेछाप आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेका छन्। 

सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी–६ स्थित गौरातिडाँडामा रहेको भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । मेलाको उपलक्ष्यमा यही शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युत्को व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् । मेला भर्न आउने भक्तजन बिरामी परेमा नगरपालिकासँग समन्वय गरी प्राथमिक स्वास्थ्योपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । 

कोरोनालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड अपनाउन प्रत्येक नाकामा सुरक्षा टोली र स्वास्थ्यकर्मी खटाई मास्क लगाएर मात्र प्रवेश दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। 

मेलामा शान्ति सुरक्षा कायम गर्न मन्दिर परिसरमा सादा पोसाकसहित सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत बताउँछन् । मेलामा कोही व्यक्ति हराएमा खोजतलासको लागि सुरक्षाकर्मी र स्थानीय क्लब समावेश गरी नगरपालिकाको कर्मचारीसहितको सचिवालय समेत गठन गरिएको छ ।

चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुन: फर्काइन्छ । गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात् सिन्दूरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भिमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ ।

पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको किंवदन्ति छ ।

‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घण्टाको आधारमा ४३६ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ ।

मन्दिरमा मेला अवधिभर हजारौँ पशुपन्छीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार गरिँदै आए पनि विसं २०५३ मा पुन: निर्माण गरी तत्कालिन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण भएको थियो । सो समयमा रुद्राक्षको बिरुवासमेत रोपिएको थियो । 

अहिले सो रुद्राक्ष दाना फल्न लागेको छ । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम गौरातिडाँडा मनोरम दृष्यावलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending