Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

महासचिवमा तीन नेताको रस्साकस्सी, को पर्ला ओलीको रोजाइमा ?

विष्णु पौडेल र शंकर पोखरेलमध्ये एकको सम्भावना धेरै

खबरडबली संवाददाता

काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशनको मिति नजिकिएसँग पार्टी महासचिवमा नेताहरुको रस्साकस्सी सुरु भएको छ।

मंसिर १०-१२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा चिनिएका विष्णु पौडेल, शंकर पोखरेल र पार्टी विभाजनको क्रममा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डेको चर्चा सुरु भएकाे हाे। 

नवौँ महाधिवेशनमा निर्वाचित महासचिव पोखरेलले सोही पदमा नदोहोरिने बताएपछि ओलीलाई महासचिवमा कसलाई ल्याउने भन्नेमा दबाव छ। महासचिव पोखरेलले बरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका छन्। 

अध्यक्ष ओलीले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा आफ्नो विश्वासपात्रलाई नै ल्याउन चाहेकाे उनी निकटस्थ नेताहरु बनाउँछन्।  

उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीको पनि दाबी रहनसक्ने अनुमान गरिएको छ। सचिव पदमै दोहोर्याउनका लागि भए पनि महासचिवमा दाबी गर्नुपर्ने अवस्था छ।  

अध्यक्ष ओलीले आफू निकट नेता ल्याउन खोजेकाले महासचिवमा पौडेलको सम्भावना बढी देखिन्छ। कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण मानिने महासचिव पदका लागि ओलीले पाण्डेलाई भन्दा पौडेल या पोखरेलमध्ये एक रोज्ने सम्भावना धेरै छ ।

विगतदेखि ओली पक्षका पौडेल र पोखरेलले  महासचिवको लबिङ गरिरहेका थिए। 

तर, पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डे पछिल्लो समय ओलीसँग नजिक भएका छन्। महाधिवेशन आयोजक कमिटीको संयोजन गरिरहका पाण्डेले ओलीबाट महासचिवको आश राखेका छन्। 

उनले सार्वजनिक रुपमै आफ्नो महासचिवमा दाबी रहेन बताइसकेका छन्। अध्यक्ष ओलीले पार्टीको पदाधिकारी सर्वसम्मत ल्याउन चाहेका छन्। माधव नेपाललाई पार्टी विभाजनको बेलामा साथ नदिएका नेतादेखि नेकपाको एकता भंग भएपछि एमालेमै रहेको पूर्वमाओवादी नेताहरु व्यवस्थापनमा पनि उस्तै चुनौति छ।  

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको थियो। 

विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहने व्यवस्था गरेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending