काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी गरेका छन्।
काठमाडौंमा शनिबार एकीकृत समाजवादी तनहुँ-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताएका हुन्।
नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए। राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सवै क्षेत्रमा विजय हासिल गर्ने उनको भनाइ छ।
आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी)को विययी अभियान सुरु हुने उनले बताए ।
यस्तै, कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिती मुक्त बनाउने प्रतिवद्धता समेत जाहेर गरे।
कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले एकीकृत समाजवादीको पक्षमा जनलहर आएको दाबी गरेका थिए।
भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ-काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । एमाले, कांग्रेसलगायतका पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत समेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: