Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

प्रतिस्पर्धामा बाधक नबन्ने ओलीको सन्देशले दबावमा ‘१० भाइ’ र ‘पूर्वमाओवादी’ !

वरिष्ठ उपाध्यक्षमा पोखरेल र नेम्वाङको दाबीले ओलीलाई सकस

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गएको छ। पार्टीभित्र पदाधिकारीमा धेरै आकांक्षी भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता व्यवस्थापनमा चुनौति बनेको छ। 

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा पहिलो पटक अभ्यासमा ल्याउन लागेका वरिष्ठ उपाध्यक्ष पदको शिर्ष नेताहरुको आकांक्षाले ओलीलाई अर्काे सकसकाे बिषय बनेको छ। 

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादलको आकांक्षाले ओलीलाई समस्या परेको हो। 

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहानामा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि ओलीको ध्यान निर्वाचनतिर केन्द्रीत भएको छ। तर, ओेली खेमाभित्र पनि पोखरेल र नेम्वाङको दाबीले दुई गुट बन्ने देखिएको छ। 

दुई पटक पार्टीको महासचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेल वरिष्ठ उपाध्यक्षको स्वभाविक दाबेदार हुन्। विधानअनुसार दुई कार्यकालभन्दा एउटै पदमा बस्न नपाउने भएकाले उनले वरिष्ठ उपाध्यक्षको चाहा गरेका छन्। 

पार्टीको विधानअनुसार ७० बर्ष उमेर हद कायमै रहे ११ औँ महाधिवेशनबाट पोखरेल पदाधिकारीमा रहन पाउँदैनन्। उनी ६७ वर्षका भइसके। 

अर्को बलिया दाबेदार नेम्बाङ पनि सर्वसम्मत नभएको अवस्थामा आफ्नो उम्मेदवार स्वभाविक भएको ठान्छन्। 

उनी भन्छन्, ‘अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी छ। अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास भइरहेको छ। चुनाव नै हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ। त्यसबारेमा मैले छलफल गरिरहेको छु।’

यसअघि आठौँ र नवौँ महाधिवेशनमा सभामुख र दुईपटक संविधानसभा अध्यक्ष भएकै कारणले नेम्बाङले उपस्थिती जनाउन पाएका थिएनन्। तर, अहिले नेम्बाङलाई पनि पार्टीको जिम्मेवार पद सम्हाल्न पाउने अन्तिम अवसर नै हो। विधान अनुसार ११ औँ महाधिवेशनमा उनलाई उमेर हद बाधक हुन्छ। 

वरिष्ठ उपाध्यक्ष माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ पनि छन्। तर, वरिष्ठ उपाध्यक्षमा आफ््नो विश्वासपात्रलाई ल्याउन ओली चाहान्छन्। 

पछिल्लो राजनीतिक उतारचढावको बेलामा ओलीको पक्षमा उभिएका बादल ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए। प्रचण्डको साथ छाडेर ओलीको कित्तामा उभिएका बादल समूहलाई सम्मानजनक व्यवस्थापन ओलीलाई चुनौति छ। 

तर, पोखरेल र नेम्वाङको दाबीको बीच बादल कमजोर प्रतिस्पर्धीको रुपमा लिइन्छ। 

त्यसो त ओलीले १० औं महाधिवेशनमा सहमतिका लागि आफूले कसैलाई आग्रह नगर्ने बताइसकेका छन्। 

अध्यक्ष ओलीले मंगलबार सञ्चारकर्मीसमक्ष भने, ‘सहमतिको आग्रह गर्दा दबाब दिएजस्तो हुन्छ। त्यसैले सहमतिका लागि आग्रह गर्दिनँ। नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ। पदाधिकारीको चुनावी प्रतिस्पर्धामा म बाधक बन्दिनँ।’

ओलीले  प्रतिस्पर्धा गर्न चाहानेलाई बाधक नबन्ने संकेत गरेपछि माधव नेपाल खेमाका १० भाइ र पूर्वमाओवादी खेमाका बादलसहितका नेताहरुलाई संकट गर्ने देखिन्छ। ओली गुटमै नेताहरुको प्रतिस्पर्धा भइरहेको बेलामा १० भाइ र बादलसहितको नेताहरुले चुनावी प्रतिस्पर्धाबाट आउन सक्ने सम्भावना छैन। 

‘एमाले लोकतान्त्रिक पार्टी हो। यसमा कुनै प्रकारको जोरजुलुम छैन। म उठ्ने–नउठ्ने टुंगो गरेको छैन। त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ। अरूलाई नउठ्न दबाब दिन्नँ। म अध्यक्ष भए पार्टीमा सबैलाई समान व्यवहार गर्छु’ ओलीको भनाइ थियो।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष रावलले चुनौती नभई आफूप्रति माया र सम्मान देखाएको टिप्पणी समेत गर्न भ्याए। 

वरिष्ठ उपाध्यक्ष र महासचिवबारे ओलीले भने,  ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो।  हामी पार्टीमा पस्नु अगाडि को पूर्वमाओवादी थियो, को के थियो भन्ने होला। अहिले एक ठाउँमा भइसकेपछि हामी एक ठाउँमा छौं। त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending