काठमाडौं । नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागीतामा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गदैछ। बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।
नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्न लागेको उनले बताए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता हुने उनको भनाइ छ।
बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाइसकेको छ। यस्तै हिजो १८ वटा उच्च अदालतमा विरोध सभा गरेको थियो।
जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित भएपछि इजलास फर्किएका छन्।
नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकमा आफ्नो सहमति नरहने जनाउँदै आन्दोलन जारी राखिरहेको छ।
सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।
जबराको राजीनामा बिना बारले अदालतमा बहस नगर्ने अडान लिइरहेको छ। तर, प्रधानन्याधीश जबरा भने राजीनामाको पक्षमा छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: