Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्दै ओली, के गर्लान् रावल र भुसाल ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन्। 

शनिबारको बन्दसत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएपछि ओलीले आज अन्तिम नामावली सार्वजकि गर्न लागेका हुन्। 

तर, ओलीले सबै अधिकार दिएपछि उपाध्यक्ष भीम रावल र उपमहाचिव घनश्याम भुसालले सहमति जनाएका छैनन् ।  आज पुनः हुने बन्दसत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । 

बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन्। 

साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन्। बन्द सत्रले सहमतिमै नेतृत्व चयन गर्ने सन्देश दिए पनि उपाध्यक्ष भीम रावलले चुनाव लड्ने अडानमै छन्। 

संगठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्तावमा २३ सय महाधिवेशन प्रतिनिधि सहभागी बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने जिम्मा दिएपछि रावलले यस्तो अडान लिइरहेका छन्। 

उपाध्यक्ष रावलले भने, ‘हामीले जबजको नीति अंगिकार गरेका छौँ। जबजले निर्वाचन कहिल्यै निषेध गर्दैन। आन्तरिक लोकतन्त्र सुदृढ गराउन भए पनि पार्टीभित्र प्रतिस्पर्धा हुनुपर्छ। यसले नेतृत्वलाई तिखार्न मद्दत गर्छ।’

रावलले बन्द सत्र हलभित्र ओलीले सम्बोधन गरिरहँदा दिनभर प्रतिनिधिमाझ भोट मागेका थिए। उनले अध्यक्षमा भोट माग्ने क्रममा ३२ पेज लामो घोषणा पत्र नै सार्वजनिक गरेका छन्। 

यस्तै, असन्तुष्ट भुसालले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन्। 

एमालेमा माधव नेपाललाई पार्टी विभाजनको बेलामा छाडेका रावल र भुसालबाहेक अन्य सबै नेताहरु मौन छन्। यस्तै, पूर्वमाओवादी खेमाका नेताहरु पनि ओलीकै इसारामा चलिरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending