काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन्।
शनिबारको बन्दसत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएपछि ओलीले आज अन्तिम नामावली सार्वजकि गर्न लागेका हुन्।
तर, ओलीले सबै अधिकार दिएपछि उपाध्यक्ष भीम रावल र उपमहाचिव घनश्याम भुसालले सहमति जनाएका छैनन् । आज पुनः हुने बन्दसत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन्।
साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन्। बन्द सत्रले सहमतिमै नेतृत्व चयन गर्ने सन्देश दिए पनि उपाध्यक्ष भीम रावलले चुनाव लड्ने अडानमै छन्।
संगठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्तावमा २३ सय महाधिवेशन प्रतिनिधि सहभागी बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने जिम्मा दिएपछि रावलले यस्तो अडान लिइरहेका छन्।
उपाध्यक्ष रावलले भने, ‘हामीले जबजको नीति अंगिकार गरेका छौँ। जबजले निर्वाचन कहिल्यै निषेध गर्दैन। आन्तरिक लोकतन्त्र सुदृढ गराउन भए पनि पार्टीभित्र प्रतिस्पर्धा हुनुपर्छ। यसले नेतृत्वलाई तिखार्न मद्दत गर्छ।’
रावलले बन्द सत्र हलभित्र ओलीले सम्बोधन गरिरहँदा दिनभर प्रतिनिधिमाझ भोट मागेका थिए। उनले अध्यक्षमा भोट माग्ने क्रममा ३२ पेज लामो घोषणा पत्र नै सार्वजनिक गरेका छन्।
यस्तै, असन्तुष्ट भुसालले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन्।
एमालेमा माधव नेपाललाई पार्टी विभाजनको बेलामा छाडेका रावल र भुसालबाहेक अन्य सबै नेताहरु मौन छन्। यस्तै, पूर्वमाओवादी खेमाका नेताहरु पनि ओलीकै इसारामा चलिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: