Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

रासस

म्याग्दी । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । 

एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा सीमित भएका हुन् ।

गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा म्याग्दीका १० वटा होमस्टेलाई रु ९३ लाख चार हजार ८०० अनुदान बाँडेको थियो । कूल लागतको ३० प्रतिशत लागनी गरेको हिसाब देखाएर अनुदान हत्याएका होमस्टेले पर्यटक लोभ्याउन र ग्रामीण पर्यटनको विकासमा योगदान गरेको पाइँदैन । 

होमस्टेका लागि भनेर बनाइएका सामुदायिक भवन, गोलघर, शौचालय, शयनकक्ष र बेड विस्तारा अनुदान पाएकाको व्यक्तिगत सम्पतिमा परिणत भएका छन् ।

धवलागिरि गाउँपालिका–७ ताकमको हजुरको सामुदायिक होमस्टेका सञ्चालक कृष्णबहादुर भण्डारीले आधारभूत पूर्वाधार बनाए पनि होमस्टे सञ्चालनका लागि प्रचार–प्रसार, तालिम र व्यवस्थापकीय तयारी आवश्यक देखिएको बताए । 

रघुगङ्गा गाउँपालिकाको झिँ होमस्टेले रु नौ लाख ३९ हजार, एकता होमस्टे मौवाफाँटले रु नौ लाख ६० हजार, मिलन होमस्टे रायखोरले रु नौ लाख ७३ हजार र रानीपौवा होमस्टेले रु नौ लाख ७० हजार अनुदान लगेका थिए ।

ताकमको हजुरको होमस्टेले रु सात लाख १३ हजार ८००, देवीस्थानको गाईखर्क होमस्टेले रु नौ लाख ७२ हजार, बरङ्जाको झाँक्रीपानी होमस्टेले रु आठ लाख ९२ हजार, टोड्के होमस्टेले रु नौ लाख ९० हजार २००, नारच्याङ बेँसीगाउँ होमस्टेले रु नौ लाख ४२ हजार र मुना होमस्टेले रु नौ लाख ५२ हजार अनुदान पाएका थिए ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालय पोखराले यसअघि अनुदान पाएका होमस्टेलाई स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउन हालै प्रस्ताव मागेकामा म्याग्दीका तीनवटाको मात्र प्रस्ताव परेको छ । आवेदन सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले झिँ, झाँक्रीपानी र हजुरको सामुदायिक होमस्टेले मात्र स्तरोन्नति कार्यक्रम माग गरेका बताए । 

आवश्यकता र सम्भावनाको भन्दा पनि पहुँचका आधारमा अनुदान पाएका म्याग्दीका अधिकांश होमस्टे प्रभावहीन देखिएका छन् । होमस्टेका लागि बनाइएको सामुदायिक भवन प्रयोगविहीन र जीर्ण बनेको रानीपौवा होमस्टेका अध्यक्ष दीपक कार्कीले कोरोनाका कारण पर्यटक नआएका र पूर्वाधारले पूर्णता नपाउँदा चलाउन समस्या भएको दाबी गरे । 

एकै दिन चार भवन उद्घाटन 

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी मावि र प्राविधिक शिक्षालयमा निर्माण भएको चारवटा भवनको सोमबार एकैदिन उद्घाटन भएको छ । 

रु एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषले किसानी प्राविधिक शिक्षालयमा फर्निचरसहित तीनतले, आठकोठे भवन र शौचालय निर्माण गरेको छ । सो भवनको लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले उद्घाटन गर्नुभएको लायन्स अभियानकर्मी सन्तोष रावलले जानकारी दिए । 

दुईतले भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । बाली र पशु विज्ञान विषयमा डिप्लोमा तहसम्मको पठनपाठन हुने शिक्षालयमा २०७ विद्यार्थी रहेका प्रमुख करन कँडेलले बताए ।  लायन्स क्लबले यसअघि सिभिल इञ्जीनियरिङ विषयको पढाइ हुने बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा आठकोठे भवन निर्माण गरेको थियो । 

बाँकी तीनवटा किसानी माविको कक्षा कोठा भवन तत्कालीन शिक्षा कार्यालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको हो । एउटा चारकोठे भवनको नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले, १० कोठे भवन पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुन र अर्को चारकोठे भवन शिक्षक महासङ्घका पूर्वअध्यक्ष बाबुराम थापाले उद्घाटन गरेका थिए । 

चारकोठे भवन निर्माणका लागि शिक्षा कार्यालयले रु ३५ लाख र अर्को चारकोठे भवन बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु ७० लाख उपलब्ध गराएको थियो । मालिका गाउँपालिकाको सहयोगमा बनेको १० कोठे तीनतले भवन निर्माणको लागत विवरण माग्दा विद्यालयका प्रअ जङ्गबहादुर गर्बुजाले फोन उठाएनन् । 

साधारणतर्फ कक्षा १२ सम्मको पढाइ हुने किसानी माविमा ५०० भन्दा बढी विद्यार्थी छन् । भवन उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षालयमा पर्याप्त र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए । 

वर्तमान गठबन्धन सरकारले एक घर एक धारा, उज्यालो प्रदेश, पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति, नमूना तथा आवासीय विद्यालय कार्यक्रमको बजेट कटौती गरेको भन्दै असन्तुष्टि जनाए । 

कार्यक्रममा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडाध्यक्ष रेशम जुग्जालीलगायतको उपस्थिति थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending