काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्दैछ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।
यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो ।
त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध भने कायमै राख्ने भएको छ। मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताए।
पूर्ववत् विरोधका कार्यक्रमहरू कायमै रहेको उनको भनाइ छ।
आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो ।
त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...
चैत्र १७ गते, २०८२ - ०७:२१
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...


प्रतिकृया लेख्नुहोस्: