Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : मन्त्री आले

खबरडबली संवाददाता

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताएका छन् ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गरे ।

स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमलाई कौडीको भाउमा बिक्री गरेर स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउँदै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन  गरेका थिए । जसका कारण महाप्रबन्धक पौडेल १०२ दिनसम्म कार्यालय पुग्न सक्नुभएको थिएन । पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो । 

कर्मचारीको भावनाबमोजिम निगमका कार्यकारी अध्यक्षमा निगमकै अवकासप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका महाप्रबन्धकलाई हाल मन्त्रालयमा हाजिर गराइएको छ । अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम भइरहेको छ । जुन तीनवटै कर्मचारी सङ्गठनका अध्यक्षले स्वयं बताइरहेका छन् ।

निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाएका थिए । मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।

पर्यटनमन्त्री आलेले एक हजार २०० भन्दाबढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय हो भन्दै निगममा भएका जनशक्तिलाई कसरी उपयोग गरिन्छ भनी प्रश्न गरे । उनले भने “विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रिन जरुरी छ ।”

उहाँले निगमका जहाजलाई अब पनि त्रिपाल हालेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन दिए ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने बताए । निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन आग्रह गर्नुभयो । उहाँले निगमलाई सुधार्न र व्यवसाय प्रवद्र्धनका लागि जहाज खरिदलगायतका विषयलाई कार्ययोजनाका साथ मन्त्रालयमा पेश गर्न अनुरोध गर्दै त्यसलाई सम्बन्धित मन्त्रालयमा प्रक्रियागतरूपमा अघि बढाइने विश्वास दिलाए ।

पर्यटनमन्त्री आलेले आफू नेतृत्वमा रहुन्जेल निगम सञ्चालक समितिमा निजी क्षेत्रका कुनै पनि प्रतिनिधि रहन नदिने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट

पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभयो । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । उहाँले रोजगारीमा जाने मजदुरलाई  निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताउनुभयो । उहाँले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गर्नुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE