Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : मन्त्री आले

खबरडबली संवाददाता

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताएका छन् ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गरे ।

स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमलाई कौडीको भाउमा बिक्री गरेर स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउँदै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन  गरेका थिए । जसका कारण महाप्रबन्धक पौडेल १०२ दिनसम्म कार्यालय पुग्न सक्नुभएको थिएन । पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो । 

कर्मचारीको भावनाबमोजिम निगमका कार्यकारी अध्यक्षमा निगमकै अवकासप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका महाप्रबन्धकलाई हाल मन्त्रालयमा हाजिर गराइएको छ । अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम भइरहेको छ । जुन तीनवटै कर्मचारी सङ्गठनका अध्यक्षले स्वयं बताइरहेका छन् ।

निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाएका थिए । मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।

पर्यटनमन्त्री आलेले एक हजार २०० भन्दाबढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय हो भन्दै निगममा भएका जनशक्तिलाई कसरी उपयोग गरिन्छ भनी प्रश्न गरे । उनले भने “विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रिन जरुरी छ ।”

उहाँले निगमका जहाजलाई अब पनि त्रिपाल हालेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन दिए ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने बताए । निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन आग्रह गर्नुभयो । उहाँले निगमलाई सुधार्न र व्यवसाय प्रवद्र्धनका लागि जहाज खरिदलगायतका विषयलाई कार्ययोजनाका साथ मन्त्रालयमा पेश गर्न अनुरोध गर्दै त्यसलाई सम्बन्धित मन्त्रालयमा प्रक्रियागतरूपमा अघि बढाइने विश्वास दिलाए ।

पर्यटनमन्त्री आलेले आफू नेतृत्वमा रहुन्जेल निगम सञ्चालक समितिमा निजी क्षेत्रका कुनै पनि प्रतिनिधि रहन नदिने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट

पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभयो । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । उहाँले रोजगारीमा जाने मजदुरलाई  निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताउनुभयो । उहाँले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गर्नुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending