महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ। जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ।
शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको चिसो स्याँठका कारण पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो। यहाँका मानिस, चौपाया, पशुपक्षीसहित बालीनालीसमेत प्रभावित भएको छ। निरन्तरको बढ्दो जाडोले गर्दा पाँच दिनमा जिल्लामा कुनै किसिमको मानवीय क्षति नभए पनि गाउँ बस्तीमा नराम्रो असर परेको छ। चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ।
त्यस्तै‚ खेतबारीमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको किसानले बताएका छन्। चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासीले यातयातका साधन चढ्न कम गरेका छन्।
यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति कम भएको छ। स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन्।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका जिल्लाको गाउँबस्तीमा स्थानीयवासी जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खरपातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् भने गरिब टोल बस्तीमा खानपान र जीवनयापनको समस्या हुन थालेको छ। जिल्लाको गौशाला, बर्दिवास, मनरासिस्वा, भङ्गाहा, पिपरा, लोहारपट्टी र जलेश्वर नगरपालिका क्षेत्रभित्र रहेका गरिब, दलित बस्तीमा वृद्धवृद्धा कठ्याङ्ग्रिएर बिरामी हुने क्रम बढ्न थालेको छ भने ती बस्तीमा न्यानो लत्तकपडा र खानपिनको पनि समस्या हुन थालेको बस्तीका बासिन्दाले बताएका छन्।
सहरी क्षेत्रका मानिस विभिन्न आधुनिक सुविधाबाट आफ्ना ज्यानको सुरक्षा गर्न सक्षम भए पनि जिल्लाका गरिब दलित बस्तीमा प्रत्येक वर्ष जाडोका बेला न्यानो लत्ताकपडा, ओढ्ने ओछ्याउने र पोषिलो खानपिनकै अभावमा दर्जनौं व्यक्तिको ज्यान जाने गरेको छ। विगत पाँच दिनदेखि बढ्दै गएको असहनीय जाडोबाट जिल्लावासीलाई जोगाउन जिल्ला दैवी प्रकोप समिति वा अन्य कुनै पनि सरकारी गैरसरकारी सङ्घसंस्थाले अहिलेसम्म कुनै पनि कदम चालेका छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: