Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जनयुद्धका घाइते हिंसाका पीडित, भन्छन् : प्रचण्ड र जनार्दनलाई भेट्ने इच्छा छ

खबरडबली संवाददाता

कर्णाली । देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ ।

पञ्चपुरी नगरपालिका–८ तुलालथाई सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा बस्दै आएका चेतन पार्टीले घाइते अपाङ्गप्रति गरेको व्यवहारले पनि त्यस्तै दिक्क छन् । शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवार, घाइते अपाङ्गता भएका व्यक्तिले के गरिरहेका छन्, भन्ने सोधीखोजी नगर्दा निकै दुःख लागेर आएको उनले बताए। 

‘नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित कर्णाली प्रदेश अध्यक्षमा विमला केसी आएलगत्तै लामो समयपछि हाम्रो समस्या बुझ्न खोजिँदा भने निकै खुसी लागेर आएको छ’, सिग्देलले भने, ‘पार्टीले हाम्रो योगदानलाई बुझेर अब व्यवस्थापन गर्दैछ कि भन्ने ठूलो आशासमेत पलाएको छ ।’ 

विसं २०५९ फागुनमा १६ वर्षको कलिलो उमेरमा भूमिगत भएका चेतनले सुरुमा कलाकारिता क्षेत्रमा जोडिएको र त्यसपछि वाइसियल सुर्खेतको जिल्ला सदस्य हुँदै जनमिलिसियाको कमाण्डर र तत्पश्चात् सेनामा काम गरेको विगत उनले सुनाए । उनले सेनामा जोडिएपछि विसं २९६२ सालभरि रुकुमको पिपल, स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवपरासीको सुनवल र कपिलवस्तुको तौलिहवा गरी पाँच ठाउँको युद्ध लडे ।

अन्तिमको युद्ध भने विसं २०६२ फागुन २५ गते कपिलवस्तुको सदरमुकाम तौलिहवाको थियो जुन युद्धमा सिग्देलको शरीरको दायाँ भागमा गोली लाग्यो । उक्त गोलीबाट सख्त घाइते भएका उहाँको दायाँतर्फको भाग प्यारालाइसिस भयो । गोली निकालेको केही समयपछि मस्तिष्कमा रगत जम्यो र बायाँतर्फको सिङ्गो शरीर प्यारालाइसिस भएपछि एक दशकदेखि उहाँको आधा शरीर मृतावस्थामा छ ।

प्यारालाइसिस भइसकेपछि २०६२ सालदेखि सुर्खेतको दशरथपुर रहेको माओवादी क्याम्पमा बसेर २०६८ सालमा अवकाश लिएको उनले बताए । 

‘त्यसपश्चात् जीवन निर्वाह भत्तास्वरुप रु छ हजार पाउँदै आएको थिएँ तर डेढ वर्षदेखि त्यही भत्ता मैलै पाएको छैन’, दुखेसो पोख्दै उनले भने, ‘पुनरावलोकनमा मलाई छुटाइएको छ, भत्ता नपाउँदा मलाई जीवन निर्वाह गर्न अहिले निकै गाह्रो छ, आजभोलि मैले रु २० हालेर दैनिक तीन पटक औषधि लिँदै आएको छु ।’

उनले आफूजस्तै साथीहरुले क र ख वर्गमा पारेर मासिक रु नौदेखि १८ हजार जीवन निर्वाह भत्ता खाइरहेको जनाए । उक्त सेवा नपाउँदा कठिन तरिकाले जीवन जिइरहका आफूजस्तै घाइतेको विजोग भएको अपाङ्गता भएका व्यक्ति उनको भनाइ थियो । चेतनका अनुसार पार्टीले बेवास्ता गरिहरँदा घरबाट त्यसभन्दा अझ बढी असहयोग भएको छ

पाँच/छ वर्षदेखि उहाँलाई घर परिवार र ससुरालीले पनि पीडा दिँदै आएका छन् । प्यारालाइसिस अवस्था हुँदा आफ्नै घरको श्रीमतीले नै धिकार्न थालेपछि त्यस व्यवहारले उनीलाई मरु कि बाँचु भन्ने सोचले किनारामा पु¥याएको छ ।

त्यतिमात्र नभएर श्रीमतीले आफूलाई चाँडो डिभोर्स दे भन्ने र ससुरालीले पनि सम्बन्धविच्छेद दिन धम्की दिइरहेको उनले बताए । परिवारको अपमान, गाली र ससुरालीको धम्कीको पीडाले आफूलाई सताएको चेतनले बताए। 

साहारा पाउने बेला नै बेसाहारा बन्नुपर्ने परिस्थिति आइलागेपछि चेतनलाई त्यसले निकै पीडित बनाएको छ । तीन वर्षअघि काठमाडौंंमा  ‘प्रचण्ड’लाई भेटेर समस्या बताउँदा सबैको व्यवस्था गर्छु भनेर अध्यक्ष प्रचण्डले जवाफ दिएको उनले सुनाए। 

प्यारालाइसिसले थलिएका ३४ वर्षीय चेतनलाई अझै पनि एकचोटि पुनः अध्यक्ष प्रचण्ड र तत्कालीन लडाइँको कमाण्डर जनार्दनलाई भेट्ने इच्छा छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending