Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

जनयुद्धका घाइते हिंसाका पीडित, भन्छन् : प्रचण्ड र जनार्दनलाई भेट्ने इच्छा छ

खबरडबली संवाददाता

कर्णाली । देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ ।

पञ्चपुरी नगरपालिका–८ तुलालथाई सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा बस्दै आएका चेतन पार्टीले घाइते अपाङ्गप्रति गरेको व्यवहारले पनि त्यस्तै दिक्क छन् । शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवार, घाइते अपाङ्गता भएका व्यक्तिले के गरिरहेका छन्, भन्ने सोधीखोजी नगर्दा निकै दुःख लागेर आएको उनले बताए। 

‘नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित कर्णाली प्रदेश अध्यक्षमा विमला केसी आएलगत्तै लामो समयपछि हाम्रो समस्या बुझ्न खोजिँदा भने निकै खुसी लागेर आएको छ’, सिग्देलले भने, ‘पार्टीले हाम्रो योगदानलाई बुझेर अब व्यवस्थापन गर्दैछ कि भन्ने ठूलो आशासमेत पलाएको छ ।’ 

विसं २०५९ फागुनमा १६ वर्षको कलिलो उमेरमा भूमिगत भएका चेतनले सुरुमा कलाकारिता क्षेत्रमा जोडिएको र त्यसपछि वाइसियल सुर्खेतको जिल्ला सदस्य हुँदै जनमिलिसियाको कमाण्डर र तत्पश्चात् सेनामा काम गरेको विगत उनले सुनाए । उनले सेनामा जोडिएपछि विसं २९६२ सालभरि रुकुमको पिपल, स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवपरासीको सुनवल र कपिलवस्तुको तौलिहवा गरी पाँच ठाउँको युद्ध लडे ।

अन्तिमको युद्ध भने विसं २०६२ फागुन २५ गते कपिलवस्तुको सदरमुकाम तौलिहवाको थियो जुन युद्धमा सिग्देलको शरीरको दायाँ भागमा गोली लाग्यो । उक्त गोलीबाट सख्त घाइते भएका उहाँको दायाँतर्फको भाग प्यारालाइसिस भयो । गोली निकालेको केही समयपछि मस्तिष्कमा रगत जम्यो र बायाँतर्फको सिङ्गो शरीर प्यारालाइसिस भएपछि एक दशकदेखि उहाँको आधा शरीर मृतावस्थामा छ ।

प्यारालाइसिस भइसकेपछि २०६२ सालदेखि सुर्खेतको दशरथपुर रहेको माओवादी क्याम्पमा बसेर २०६८ सालमा अवकाश लिएको उनले बताए । 

‘त्यसपश्चात् जीवन निर्वाह भत्तास्वरुप रु छ हजार पाउँदै आएको थिएँ तर डेढ वर्षदेखि त्यही भत्ता मैलै पाएको छैन’, दुखेसो पोख्दै उनले भने, ‘पुनरावलोकनमा मलाई छुटाइएको छ, भत्ता नपाउँदा मलाई जीवन निर्वाह गर्न अहिले निकै गाह्रो छ, आजभोलि मैले रु २० हालेर दैनिक तीन पटक औषधि लिँदै आएको छु ।’

उनले आफूजस्तै साथीहरुले क र ख वर्गमा पारेर मासिक रु नौदेखि १८ हजार जीवन निर्वाह भत्ता खाइरहेको जनाए । उक्त सेवा नपाउँदा कठिन तरिकाले जीवन जिइरहका आफूजस्तै घाइतेको विजोग भएको अपाङ्गता भएका व्यक्ति उनको भनाइ थियो । चेतनका अनुसार पार्टीले बेवास्ता गरिहरँदा घरबाट त्यसभन्दा अझ बढी असहयोग भएको छ

पाँच/छ वर्षदेखि उहाँलाई घर परिवार र ससुरालीले पनि पीडा दिँदै आएका छन् । प्यारालाइसिस अवस्था हुँदा आफ्नै घरको श्रीमतीले नै धिकार्न थालेपछि त्यस व्यवहारले उनीलाई मरु कि बाँचु भन्ने सोचले किनारामा पु¥याएको छ ।

त्यतिमात्र नभएर श्रीमतीले आफूलाई चाँडो डिभोर्स दे भन्ने र ससुरालीले पनि सम्बन्धविच्छेद दिन धम्की दिइरहेको उनले बताए । परिवारको अपमान, गाली र ससुरालीको धम्कीको पीडाले आफूलाई सताएको चेतनले बताए। 

साहारा पाउने बेला नै बेसाहारा बन्नुपर्ने परिस्थिति आइलागेपछि चेतनलाई त्यसले निकै पीडित बनाएको छ । तीन वर्षअघि काठमाडौंंमा  ‘प्रचण्ड’लाई भेटेर समस्या बताउँदा सबैको व्यवस्था गर्छु भनेर अध्यक्ष प्रचण्डले जवाफ दिएको उनले सुनाए। 

प्यारालाइसिसले थलिएका ३४ वर्षीय चेतनलाई अझै पनि एकचोटि पुनः अध्यक्ष प्रचण्ड र तत्कालीन लडाइँको कमाण्डर जनार्दनलाई भेट्ने इच्छा छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा, तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिएका छन्। मङ्गलवार ढाक...

कास्कीको छुमरुङका मतदानस्थल सडक पहुँचविहीन

कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गा...

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइ...

टी-२० विश्वकप : आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ।  ...

भोजपुर विमानस्थल र कारागारको सुरक्षामा नेपाली सेना

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुक...

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने...

मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबिच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस ...

झापा-१ः ‘आश्वासनको पोको’ मा नफस्ने, हात्तीको कहरबाट जोगाउनेलाई मत

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रू...

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउन...

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE