Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग

रासस

सुदूरपश्चिम । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरुले कुखुरापालन व्यवसायले नेपाली अर्थतन्त्रमा  योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति बनाएर अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले व्यवसायको प्रवद्र्धन गरी आर्थिक रुपान्तरणमा लाग्न जरुरी भइसकेको जनाउँदै पौल्ट्री व्यवसायीका समस्या समाधानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल–भारतबीच रहेको खुला सीमाको फाइदा उठाउँदै अवैध ढङ्गले हुने अण्डा र कुखुराको तस्करीले पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीको गुनासो छ । 

“मासु र अण्डामा आत्मनिर्भरउन्मुख भए पनि दानामा आत्मनिर्भर हुन सकिरहेका छैनाँ”, कुखुरा तथा अण्डा उत्पादक सङ्घ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले भने, “व्यवसायीले अपेक्षित फाइदा पाउन नसके पनि देश अण्डा र मासुमा आत्मनिर्मरउन्मुख भइरहँदा गौरवको अनुभूति भइरहेको छ ।” पछिल्ला वर्षमा युवापुस्ताको आकर्षण बढेको यो व्यवसायको बजारीकरण गर्नमा समेत स्पष्ट नीति र कार्यक्रम बनाउनु जरुरी भइसकेको व्यवसायीको माग छ ।

पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारले पोल्ट्री नीति बनाएको भए पनि प्रभावकारी कार्यान्वयन नभइरहेको जनाइएको छ । अण्डा र मासुमा प्रोटिन पाइने भएकाले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यसको उपभोग गर्न सक्ने व्यवसायीको भनाइ छ ।

पछिल्लो समय पोल्ट्रीमा नयाँ–नयाँ प्रविधि भित्रिरहेको अवस्थामा उत्पादन वृद्धिसँगै खपत पनि बढाउनुपर्ने चुनौती व्यसायीमा देखिएको छ । कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलालीका अध्यक्ष भुवन पाण्डे ब्रोइलर कुखुराको हकमा सुदूरपश्चिम पूर्णरूपमा आत्मनिर्भर भइसकेको भए पनि अण्डाको माग भने धेरै रहेको बताउँछन् । 

सुदूरपश्चिममा दैनिक झण्डै पाँच लाख अण्डाको माग रहेकामा दुई लाख ५० हजार मात्र उत्पादन भइरहेको छ । अण्डा र कुखुराको मासुको महत्व, पोल्ट्री व्यवसायका समस्या तथा निराकरण, व्यवसायको नीतिगत समस्यालगायतका विषयमा विभिन्न व्यक्तिले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । 

एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरूपमा रोजगार पाएको यो व्यवसायले राज्यको कूल गार्हस्थ उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को तथ्यङ्कमा भने प्रदेशमा माछामासु, दूध र अण्डाको उत्पादन घट्दा मागअनुरुप आपूर्ति हुनसकेको देखिँदैन ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यस प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा अपुग छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश दूध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अण्डाको आपूर्ति भने कम रहेको जनाएको छ ।

प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलव ७९ लिटर दूध, १० दशमलव ६८ किलो मासु र ३० दशमलव ४१ गोटा अण्डा आपूर्ति भइरहेको जनाइएको छ । मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार ४८६ लिटर उत्पादन वृद्धि गरी पाँच वर्षमा दुई लाख ६० हजार ४८६ लिटर , मासुमा पाँच हजार ८४१ मेट्रिक टन वृद्धि गरी ३४ हजार ९२८ मेट्रिक टन र अण्डामा १९ हजार ६२३ गोटा वृद्धि गरी पाँच वर्षमा ६१ हजार ८७० गोटा पुर्याउने लक्ष्य लिइएको छ ।

यस्तै माछाको उत्पादन दुई हजार १२८ मेट्रिक टनबाट चार हजार मेट्रिक टन पुर्याउने तथा पशुपक्षी क्षेत्रबाट पाँच वर्षका अवधिमा थप एक लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending