Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

देउवाले शेखर कोइरालालाई बाइपास गरेर चल्नखोज्दा कांग्रेसमा ‘विद्रोह’को चेतावनी

देउवाको बोली व्यवहारमा एकरुपता नदेखिएको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीलाई आफूखुसी चलाउन खोज्दा नेता शेखर कोइराला पक्षले विरोध जनाएको छ।  १४  महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

महाधिवेशनपछि कांग्रेस एकढिक्का हुने र गुटका भेला नहुने पार्टीका पदाधिकारीले भनेका वाक्य टुंगीन नपाउँदै बुधबार कोइराला गुटको बैठक बसेको छ।

राजधानीको एउटा होटलमा बसेको बैठकमा महाधिवेशनमा जितेका र हारेका नेताहरूको उपस्थिति थियो।

कोइराला पक्षबाट महामन्त्रीमा सर्वाधिक मत ल्याएर निर्वाचित गगनकुमार थापा र उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भए। यसैगरि उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवार डा. चन्द्र भण्डारी र डा. मीनेन्द्र रिजाल पनि सहभागी थिए।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा कोइराला पक्षका नेतालाई छाडेर मनोनयन गरेपछि आफ्नो समूहलाई बाइपास गरिएको भन्दै कोइराला समूह असन्तुष्ट छ।

भेलामा कोइरालाले सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्नेमा जोड दिए। देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा कोइराल पक्षबाट एकजना पनि परेका छैनन्। 

सभापति देउवाले पहिलो पटक वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

त्यसको भोलिपल्टै जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। पार्टी सभापतिले मनोनीत गर्ने ३३ जनामध्ये अझै २० जना मनोनीत गर्न बाँकी छ।

आफू निकटको बुधबारको भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘हामीले पार्टीलाई एकढिक्का बनाउन चाहान्छौँ। तर, सभापतिले हाम्रो खबदारीलाई बेवास्ता गर्दै जानुभएको छ। यस्तै अवस्था रहिरहे  पार्टी दुर्घटनामा पर्न पनि सक्छ। तपाईहरुले त्यसको तयारीमा रहनुस्।’ 

सभापति देउवाले पेलेर जाने नीति लिएपछि कोइराला ‘विद्रोह’सम्मको चेतावनीसहित प्रस्तुत हुने तयारीमा छन्। 

यस्तै महामन्त्री गगन थापाले पनि सभापतिको बोली व्यवहारमा एकरुपता नदेखिएको भेलालाई जानकारी गराए। 

उनले भने, ‘वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा सभापतिजीले हामीसँग संवाद गर्न आवश्यक ठान्नुभएन। हामी पार्टीलाई विधि विधानमा अगाडि बढाउन चाहन्छौँ।’ 

शेखरको प्रश्न 

त्यसो त बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो? भन्ने जान्न चाहेको बताएका छन् ।

‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

कोइरालाको अपिल

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending