Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पोखरामा साहसिक पर्यटन : जायन्ट स्वीङ, जीपलाइन र बञ्जीजम्प एकै ठाउँमा

खबरडबली संवाददाता

पोखरा । साहसिक पर्यटनको गन्तव्यका रूपमा चासो र चर्चा कमाएको पोखरामा एकै ठाउँबाट जायन्ट स्वीङ (पिङ), जीपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ । जीपलाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी ब्राण्ड ‘जीप फ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जुनमा भित्र्याएको जीपलाइन, सन् २०१४ नोभेम्बरमा सुरु गरेको बञ्जीजम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ पनि थालेको हो ।

सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङकोटको टाकुराबाट माछापुच्छसँग जिस्किँदै हेमजाको फाँटमा पुगिने जीपलाइनसँगै हेमजामा बञ्जीजम्प सञ्चालन गरिहेकामा साहसिक पर्यटनप्रतिको आकर्षणलाई दृष्टिगत गरी सुपरम्यान जीपलाइन र जायन्ट स्वीङ सुरु गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिए । 

नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण गरिएको दाबी गर्दै प्रबन्ध निर्देशक महर्जनले खोलाबाट २६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको जानकारी दिए । उनका अनुसार टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी एक पटकमा तीन जनासम्म खेल्न सकिन्छ । परिवार र साथीहरूसँगसँगै खेल्न सकिने स्वीङ दुईजना मात्र बसेर पनि खेल्न सकिने उनले जानकारी दिए । 

‘स्वीङको फ्रि फल तीन सेकन्ड छ, यो खेलको अवधि तीन मिनेटको हुनेछ’ उनले भने, ‘स्वीङको शुल्क दुई हजार, प्रतिव्यक्ति र फोटो भिडियो टिसर्टको एक हजार २०० रुपैयाँ छ ।’ 

स्वीङ गर्न चाहनेका लागि लेकसाइडबाट निःशुल्क ल्याउने लैजाने व्यवस्था गरिएको जानकारी दिँदै उनले सिधै हेमजा स्टेशनमा जानेलाई १० प्रतिशत छुट दिइने बताए । भारतीय प्राविधिकले निर्माण गरेको स्वीङको भौतिक संरचना, आवश्यक एडभेन्चर गेयर र प्राविधिकको खर्च गरी रु दुई करोड खर्च भएको उनले जानकारी दिए । 

सोही स्थानमा एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र अग्लो जीपलाइनमा सुपरम्यान जीपलाइन खेलको सुरुआत गरिएको सञ्चालक शरद गोल्छाले जानकारी दिए । सन् २०१२ मा नेपालमै पहिलोपटक जीपलाइनको सुरुआत गरेको संस्थाले साहसिक पर्यटनका पारखीका लागि फरक स्वाद दिन सुपरम्यान जीपलाइन थालिएको उहाँले बताए। सुपरम्यान जीपलाइन सुतेर गरिन्छ ।

समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरीमा रहेको छ । यति धेरै भिरालो र अग्लो जीपलाइन विश्वमै अरु नभएकाले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो र अग्लो जीपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिइएको छ ।

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जीपलाइनमा पार गर्न औषत १४० किमी प्रतिघण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ । जीपलाइन गर्न जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारीसाधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङकोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङकोटको शिरबाट उत्तरमा माछापुच्छे, अन्नपूर्णलगायत हिमालहरूको दृश्यावलोकन गर्न पाउँछन् ।

पैतीसदेखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जीपलाइन खेल्न सक्दछन् । तथ्याङ्कानुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जीपलाइन गर्ने सबैभन्दा ज्येष्ठ नागरिक हुन् । पहिलेकै जीपलाइनमा सुपरम्यान शैली भित्र्याउन करिब रु ५० लाख थप खर्च भएको जनाइएको छ ।

साधारण जीपलाइन खेल्न रु चार हजार ५०० शुल्क लाग्दछ, जुन ९० सेकेन्ड लाग्दछ । त्यस्तै सुपरम्यान जीपलाइन एक मिनेट अवधिमा पार गरिन्छ । जसका लागि रु छ हजार निर्धारण गरिएको छ । फोटो र भिडियो र टिसर्टका लागि अतिरिक्त रु एक हजार ५०० तिर्नुपर्दछ भने सोही शुल्कमा लेकसाइडबाट ल्याउने लैजाने गरिन्छ ।

ग्राहकको सुरक्षालाई दृष्टिगत गरी हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिनुका साथै हरेक महिना मर्मत गर्ने गरिएको छ । हरेक वर्ष जीप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण (सेफ्टी अडिट) गराउने गरिएको महर्जनले जानकारी दिनुभयो । जीपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जीपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको बताउँदै उहाँले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायरलगायतको प्रविधि नेपालमा अरु कुनै जीपलाइनमा नभएको संस्थाको दाबी छ । 

अगाडि माछापुच्छसँगको दृश्य तथा तल हेमजा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोंकसँगै हुत्तिन पाउनु यस जीपलाइनको विशिष्टता हो । जीपलाइनकै ग्राउण्ड स्टेशन हेमजामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रूपमा रहेको यहाँ जोडीले सँगै आँगालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ ।

संस्थाले एकै स्थानमा सञ्चालन गरेका जायन्ट स्वीङ, जीपलाइन र बन्जीजम्प गर्न चाहनेका लागि प्याकेजमा रु १० हजार शुल्क निर्धारण गरिएको सञ्चालक भरत गोल्छाले जानकारी दिए । कोरोना महामारीका कारण समग्र पर्यटन क्षेत्र प्रभावित भएकामा संस्थाले सञ्चालन गर्दै आएका साहसिक पर्यटनका गतिविधि पनि प्रभावित बनेको अर्का सञ्चालक अभिनव चुरिवालले बताए । 

साहसिक पर्यटनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको बताउँदै उनले आगामी दिनमा यसतर्फ पर्यटकको आकर्षण अझै बढ्ने विश्वास व्यक्त गरे । तीनवटै पर्यटकीय गतिविधि सञ्चालनमा ल्याउँदा हालसम्म रु २५ करोडभन्दा बढी लगानी भइसकेको र संस्थामा ५० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए। संस्थाले चाँडै नै साहसिक पर्यटनको अर्को गतिविधि एटिभी बाइक सञ्चालन गर्ने उनले बताए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending