Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सक्रिय संंक्रमित नै ३० हजार नाघे, कस्तो छ सरकारको तयारी ?

संक्रमितमध्ये १३९ आइसियू र ३६ भेन्टिलेटरमा उपचाररत

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये २९ हजार ७०५ जना होम आइसोलेसन रहेका छन् । त्यस्तै मन्त्रालयका अनुसार एक हजार १७२ जना सङ्स्थागत आइसोलेसन रहेका छन् । सक्रिय संक्रमितमध्ये आइसियूमा १३९ र भेन्टिलेटरमा २६ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसिय्र र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा चार जना आइसिय्र, बागमती प्रदेशमा ८९ आइसियु र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । 

त्यस्तै गण्डकी प्रदेशमा सात जना आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा र दुई जना भेन्टिलेटर, कर्णाली प्रदेशमा एक जना आइसियू र एक जना भेन्टिलेटरमा उपचररत रहेका छन् । सुदूरपश्चिममा दुई जना आइसियू र एक जना भेनिटलेटरमा उपचाररत रहका छन् ।

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार झापा, धनुषा, पर्सा, मकवानपुर काभे्र, नवलपरासी, बाँके र दाङ गरी आठ जिल्लामा दुई भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोनाको संक्रमित बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन्। 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को कार्यक्रममा सोमबार बोल्दै प्रधानमन्त्रीले भने, ‘कोरोानाको नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता छ।’

प्रधानमन्त्रीले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिए। 

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उनले भने, ‘खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।’

सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उनले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिए। 

सरकारको तयारी 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको दाबी गरेका छन्। सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए। 

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे। कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए। 

सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिए। बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताए। 

कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने निर्देशन दिए। सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पारे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending