Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सक्रिय संंक्रमित नै ३० हजार नाघे, कस्तो छ सरकारको तयारी ?

संक्रमितमध्ये १३९ आइसियू र ३६ भेन्टिलेटरमा उपचाररत

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये २९ हजार ७०५ जना होम आइसोलेसन रहेका छन् । त्यस्तै मन्त्रालयका अनुसार एक हजार १७२ जना सङ्स्थागत आइसोलेसन रहेका छन् । सक्रिय संक्रमितमध्ये आइसियूमा १३९ र भेन्टिलेटरमा २६ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसिय्र र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा चार जना आइसिय्र, बागमती प्रदेशमा ८९ आइसियु र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । 

त्यस्तै गण्डकी प्रदेशमा सात जना आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा र दुई जना भेन्टिलेटर, कर्णाली प्रदेशमा एक जना आइसियू र एक जना भेन्टिलेटरमा उपचररत रहेका छन् । सुदूरपश्चिममा दुई जना आइसियू र एक जना भेनिटलेटरमा उपचाररत रहका छन् ।

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार झापा, धनुषा, पर्सा, मकवानपुर काभे्र, नवलपरासी, बाँके र दाङ गरी आठ जिल्लामा दुई भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोनाको संक्रमित बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन्। 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को कार्यक्रममा सोमबार बोल्दै प्रधानमन्त्रीले भने, ‘कोरोानाको नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता छ।’

प्रधानमन्त्रीले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिए। 

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उनले भने, ‘खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।’

सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उनले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिए। 

सरकारको तयारी 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको दाबी गरेका छन्। सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए। 

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे। कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए। 

सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिए। बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताए। 

कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने निर्देशन दिए। सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पारे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending