जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्।
प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए।
अध्यक्ष यादवले भने, ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो। त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।’
मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउनुहुँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए।
मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दैै मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गए।
सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौँदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताइन्।
उनले भनिन्, ‘मधेश आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेश प्रदेश स्थापना भएको छ। हामीले मधेश प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेश आन्दोलन र सहिदप्रति सम्मान भएको छ ।’
मधेश आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेत्रीसमेत रहेकी मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: