काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेपछि पूर्वअध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्य हटाउन पत्र काटेको थियो।
यस्तै, आयोगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेको छ। गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो।
नेपालको राष्ट्रिय जनावरको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ।
आयोगको पत्रपछि पूर्वअध्यक्ष थापाले असन्तुष्टि जनाउँदै ट्वीटरमा लेखेका छन्, ‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’ हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ। विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ। माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ?’
निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट 'गाई'हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ? pic.twitter.com/wUUz0dDIm0
— Kamal Thapa (@KTnepal) January 22, 2022
विगतमा पनि आयोगको यस्तो निर्णय संघर्षबाट उल्टाएको स्मरण गराउँदै माघ २ गते आयोगले पठाएको पत्रबारे पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वले किन लुकाएर राखेको? भन्दै प्रश्न गरेका छन्।
पूर्व अध्यक्ष थापा र वर्तमान अध्यक्ष लिङदेनबीच हालै सम्पन्न पार्टीको महाधिवेशनबाट दुरी बढेको छ। पूर्व अध्यक्ष थापाले पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै नैतिकताको आधारमा पार्टी छाड्नसक्ने समेत बताइसकेका छन्।
आयोगको पत्रबारे पूर्वअध्यक्ष थापाले असन्तुष्टि जनाइरहँदा अध्यक्ष लिङ्देन त्यसबारे बोलेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: