Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी

खबरडबली संवाददाता

काभ्रे । प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि ९नशालु पदार्थका रुपमा सेवन गरिने० बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

केही दिनको निगरानीपश्चात आइतबार पक्राउ गरिएको सापकोटालाई आज बरामद गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित थप अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौँ पठाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार सापकोटाको फार्मेसीबाट ९०३ ट्याब्लेट प्रेगाब्लिन क्याप्सुल र सोही फरक प्रकारको २०० ट्याब्लेट, तीन हजार ८९ अन्टिकोफ ट्याब्लेट, एक हजार १९० डाइसीक्लोमिन ट्याब्लेट, डाइसीक्लोमिन हाइड्रोक्लोरिड एक हजार २११ ट्याब्लेट, प्रोमेटाजिइन हाइड्रोक्लोरिड २४० ट्याब्लेट, प्रेगाब्लिन एण्ड मेथेलकोबालामिन क्याप्सुल १०० ट्याब्लेट र कोफट्याबलेट २०५ ट्याब्लेट बरामद गरिएको हो । 

यसअघि प्रहरीले २०७६ फागुन दोस्रोसाता पनौती नपा–६ स्थित एक घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाई बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ । 

गत भदौ तेस्रोसाता झपाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक सवारीसाधन बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको थियो । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, सोही वडाका १९ वर्षका रोहितकुमार यादवलाई पक्राउ गरी ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो । त्यतिबेला अनुसन्धानबाट पक्रिएका दुईले सर्लाहीको हरिवन नगरपालिका–१० का २३ वर्षीय विशाल श्रेष्ठलाई बिक्री गर्न ल्याएको खुलेको प्रनाउ खतिवडाले बताउनुभयो । 

उनका अनुसार श्रेष्ठलाई भने काभ्रेपलाञ्चोककै बनेपा नपा–७ बाट पक्राउ गरिएको थियो । प्रहरीले बेलाबेलामा यससम्बन्धी जाँचका क्रममा प्रतिबन्धित लागुऔषध तस्करीलाई पक्राउ गरेको घटना क्रमले देखाएको छ । २०७७ साल माघ दोस्रो साता ठूलो परिमाणमा प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुईलाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्लटारले नै पक्राउ गरेको थियो ।

काभ्रेपलाञ्चोककै चौंरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षका अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्लटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्रेको हो । 

विसं २०७६ माघ विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा खान्तलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ का एक युवा र भारतको कानपुरस्थित यूपीका एक युवालाई ५० पत्ता ९७५० चक्की० नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो । 

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकिकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता ९एक हजार ५१४ चक्की० बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का एक र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय एक युवालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । 

त्यसअघि प्रहरीले अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडाँैबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का एक र मोरङको सुनबर्सी नपा–६ घर भएका एक पुरुषलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गरेको थियो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका एक युवा, महोत्तरीको लक्ष्मीनियाँ गाउँपालिका–३ का एक युवा र एक पुरुषलाई सातपत्ता नाईट्राभेट–१० सहित पक्राउ गरेको थियो । 

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास०बाट लागुऔषध ओसारपसार हुने गरेको छ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोकर्ताका रुपमा देखिएको छ । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ ।
 
लामो समयपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोबार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । 

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दामा ६६ जना पक्राउ परेका छन् । 

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनायो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending