काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ ।
भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो ।
गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन्।
समितिको सदस्य सचिवमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन्।
समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको कार्यादेश दिइएको गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - ०९:४०
'एमालेले खबरदारी गर्दागर्दै सरकार नै धाँधली र बुथ कब्जामा उत्रियो'
जेष्ठ ३ गते, २०७९ - ०९:३०
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन्। गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि ...
जेष्ठ ३ गते, २०७९ - ०९:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनहरूप्रति उच्च सम्मानका साथ श्र...
जेष्ठ ३ गते, २०७९ - ०९:०४
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक...
जेष्ठ ३ गते, २०७९ - ०८:५५
काठमाडौं । हेटौडा महानगर पालिकामा एमाले तेस्रोमा पुगेको छ। आज बिहानसम्म २२ हजार ८ सय ५० मत गनिएको छ। पछिल्लो परिणाम अनुसार राप्रपा नेपालका उम्मेद...
जेष्ठ ३ गते, २०७९ - ०८:४४
पोेखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा ...
जेष्ठ ३ गते, २०७९ - ०८:३९
चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भर...
जेष्ठ ३ गते, २०७९ - ०८:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटा...
जेष्ठ ३ गते, २०७९ - ०७:३१
काठमाडौं । वैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पाल...
जेष्ठ ३ गते, २०७९ - ०७:२३
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ...
प्रतिकृया लेख्नुहोस्: