Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्रियसभा सदस्यलाई गठबन्धन निर्देशन : लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्नू

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठकले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी भएकामा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टि गर्दै प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकाल्यो”, बैनिर्वाचनका क्रममा देखिएका कमी–कमजोरीलाई आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि बैठकले निर्णय गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिँदै बैठकले निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने सबै निकायलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ । 

विज्ञप्तिमा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्मा, नेकपा (माओवादी) केन्द गण्डकी प्रदेश समिति अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शङ्कर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश समिति उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending