Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

देउवाको एमसिसी पास गर्ने प्रस्तावले गठबन्धनमै हलचल !

अमेरिकाले दिएको मिति टार्न प्रतिनिधिसभाको बैठक १० दिन सारियो

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउने प्रस्ताव गरेपछि गठबन्धनमै हलचल पैदा भएको छ।

पाँच दलीय गठबन्धन कायम राख्न प्रधानमन्त्री देउवाले एमसिसी पास गर्नुपर्ने शर्त राखेपछि गठबन्धनमै शंका उत्पन्न भएको हो। 

प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गन नहुने पक्षमा छन् । 

प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनकै दलहरूका असहयोगका कारण यसअघि उनी एमसीसी अगाडि बढाउन असफल भएका थिए । 

देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए ।

एमसिसीबारे मतभेद भइरहेको बेलामा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फेब्रुअरी १ सम्ममा एमसिसी पास नगरेर अमेरिकाले फिर्ता लैजाने चेतावनी दिएको जानकारी गराएका थिए। 

तर, त्यसमा गठबन्धनका शीर्ष नेताले सहमति जनाएका छैनन्।  प्रधानमन्त्री देउवाले एमसिसी यही अधिवेशनबाट अगाडि सार्ने मनस्थिति बनाइरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक समेत १० दिन पर धकेलिदिएका छन्। 

आजको लागि तय भएको बैठक कोरोनाको सम्भावित जोखिमलाई देखाउँदै सभामुखले आगामी माघ २६ गतेका लागि स्थगित गरिदिए। माघ २६ गतेसम्म पुग्दा अमेरिकाले नेपालले एमसिसी पास गर्न दिएको समय सकिनेछ। 

त्यसो त गठबन्धनको तर्फबाट एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल फेब्रुअरी १ पछाडि पनि अमेरिकाले एमसिसी फिर्ता लान्छ जस्तो नलागेको बताउँछन्। 

उनले भने, ‘फेब्रुअरी १ सम्म एमसिसी पास नगरेर फिर्ता लान्छ भन्ने हल्ला आएको छ। अमेरिकाले कुनै मिति तोकेर फिर्ता लान्छ भन्ने लाग्दैन। यसअघि पनि धेरैपटक यस्तो मिति तोकेको हो।’

उनले गठबन्धनको तर्फबाट एमसिसीबारे अध्ययन गरेर प्रधानमन्त्रीलाई सुझाव दिइसकेको बताए। उनले भने, ‘हामीले अध्ययनपछि प्रधानमन्त्रीलाई सुझाव दिइसकेका छौँ।  एमसिसी संशोधनबिना अगाडि बढाउन हुँदैन भन्ने हाम्रो अडान यथावत नै छ।’  

यता, सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा( का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी सर्वसम्मत पास गर्न प्रस्ताव गरेका छन्। 

अध्यक्ष भट्टराइले ट्वीटरमा लेखेका छन्,  ‘एमसिसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊॅ यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

एमसिसी पास गर्न सहयोग गरे मात्रै गठबन्धन कामय राख्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई स्वीकार्न नसकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउँछन्।

उनी भन्छन्, ‘कांग्रेसले त गठबन्धनमा एमसिसीको नारा जहिल्यै उठाइरहेको छ। तर, गठबन्धनमा सामेल भए पनि राष्ट्रिय जनमोर्चा, माओवादी, एकीकृत समाजवादीले बिना संशोधन एमसिसी अगाडि बढाउनु हुँदैन भन्ने पक्षमा छन्। तर, पनि राष्ट्रियताको सवालमा गठबन्धन भनेर सबै कुरामा साथ दिन सक्दैनौँ।’

यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद युवराज दुलाले पनि एमसिसीको पक्षमा कुनै हालतमा उभिन नसक्ने चेतावनी दिइसकेका छन्। उनले फेशबुकमा लेखेका छन्, ‘यदि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसी टेबुल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने शर्त राख्‍नुभएको हो भने यो सम्पूर्ण रूपमा गलत छ। अहिलेको राष्ट्रिय सवाल स्थानीय तहको चुनाव हो एमसिसी होइन।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies