म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्राविधिक टीकाराम भुसालले पोखरेबगरको मोटरेबल पुल निर्माण सकिएको जानकारी दिए।
“महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो पुल गत असोज महिनादेखि नै सञ्चालनमा आइसकेको छ”, उनले भने, , “पोखरेबगरमा पनि पुलका संरचना र पहुँचमार्ग निर्माण सकिएको छ । केही दिनमै सञ्चालनका लागि योग्य हुन्छ ।”
एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो ।
कोरोना महामारी र बाढीपहिराजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको प्राविधिक भुषालले बताए। पोखरेबगरतर्फको पहुँचमार्गमा पर्ने आश्रमको ब्यवस्थापनका विषयमा विवाद हुँदा केही समय अन्योल भएको थियो ।
गाउँपालिका र वडाका जनप्रतिनिधि तथा अगुवाहरूको पहलमा आश्रमलाई व्यवस्थापन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले सघाउने जनाएपछि स्थानीयवासी पुलसम्म पुग्ने पहुँचमार्ग बनाउन सहमत भएका थिए । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ । विसं २०७८ असार २९ गते भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको बिओकेआई–हिमालयन जेभीले पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ ।
विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले ११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको जानकारी दिए। विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा ११ वटा घर, बेलीब्रिज, झोलुङ्गे पुल र एक जना मानिस बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलीब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप एक पुल निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: