काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बुधबारदेखि सुरू गर्ने भनेको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरस संक्रमणका कारण हाललाई स्थगित गरिएको छ।
माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो।
कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन, सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले मंगलबार सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको उल्लेख गरेका छन्।
पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो।
‘कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ’, सूचनामा भनिएको छ।
यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो।
महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: