काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच बुधबार साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)को विषयले गठबन्धनमा खटपट भइरहेको छ। बुधवार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसिसी र स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको थियो। भेटवार्तामा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनअघि नै एमसिसी संसदबाट अनुमोदन गराउने पक्षमा छन्। तर, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल एमसिसी संशोधनबिना अगाडि बढाउन नहुने अडानमा छन्। जसले सत्ता गठबन्धनमा खटपट बढेको छ।
एमसिसीका कारण गठबन्धनमा खटपट भइरहेको बेलामा यसअघि पनि प्रधानमन्त्री देउवाले मंगलवार प्रचण्डलाई भेट्न ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कालाई खुमलटार पठाएका थिए। बुधबार बिहान पनि गृहमन्त्री बालकृष्ण खाँण एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पठाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - ०९:४४
'नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा छ'
आषाढ़ १६ गते, २०७९ - ०९:३१
चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । ...
आषाढ़ १६ गते, २०७९ - ०९:०१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम ...
आषाढ़ १६ गते, २०७९ - ०८:५५
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्र...
आषाढ़ १६ गते, २०७९ - ०८:४५
काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । भारतले धौलीगंगाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाल...
आषाढ़ १६ गते, २०७९ - ०८:३३
नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरास...
आषाढ़ १६ गते, २०७९ - ०८:२६
काठमाडौँ । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्। धेरैको चासो र...
आषाढ़ १६ गते, २०७९ - ०८:२०
काठमाडौँ । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेक...
आषाढ़ १६ गते, २०७९ - ०७:५३
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सह...
आषाढ़ १६ गते, २०७९ - ०७:४२
काठमाडौं । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताह...
प्रतिकृया लेख्नुहोस्: