काठमाडौं । शनिबार बिहानै प्युठानमा भएको जिप दुर्घटनामा परेर घाइते भएकी बेहुलीको हात काटिएको छ। आठ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचारको क्रममा हात काटिएको हो।
जिप दुर्घटनामा गम्भीर घाइते जिसीको दाहिने हात बचाउन नसकेपछि काट्न बाध्य भएको अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। अरु अवस्था सामान्य छ। बेहुला र अन्य घाइते पनि खतरा मुक्त र घाइते ३ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको उनले बताइन्।
बेहुलाको भाइ नरेश खड्काको लुम्बिनी सिटी अस्पताल बुटवलमा टाउकोको अप्रेशन गरिएको छ। भने गाडी चालकको छोरीको मर्सी सिटी अस्पताल बुटवलमा खुट्टाको अप्रेशन भएको छ।
जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
मृत्यु हुनेमा प्यूठान गौमुखी ६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन्।
स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो। दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका थिए।
जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो। प्युठानको नौवहिनी–६ लुङबाट दुलही लिएर फर्किने क्रममा ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटना भएको थियो। जीपमा १३ जना सवार थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: