काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा तिव्र विवाद सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अगाडि बढाउने प्रयास गरिरहेको बेलामा जनमोर्चा भने सडक आन्दोलनमा होमिएको हो।
पाँचदलीय गठबन्धनमा कांग्रेस एमसिसीको पक्षमा भएपनि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा संशोधनबिना एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् भने जनता समाजवादी पार्टी (जसपा) मौन छ।
आफू प्रधानमन्त्री हुँदा एमसिसी अगाडि बढाउन मरिहत्ते गर्ने केपी शर्मा ओली अहिले गठबन्धनभित्रको विवादलाई नियालिरहेका छन्।
एमसिसीको बिषयलाई लिएर पाँच दलीय गठबन्धनमै दरार उत्पन्न भइरहेको बेला ओलीले यही मौकाको सदुपयोग गर्न चाहन्छन्। तर, आइतबार भएकोे देउवा र प्रचण्डसँगको भेटमा ओलीले गठबन्धनमै पहिला सहमति बनाउन भनेका छन्।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसिसी पास गराउन खोजेपनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सशोधनबिना अगाडि बढ्न नसक्ने अडानमा छन्।
सत्ता गठबन्धन तथा संघीय संसद्भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ माघ र २६ माघका लागि देशैभरी बिरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक संघर्षमा जुटेका छन्।
देशैभरी २५ माघमा संयुक्त कोणसभा र माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय गरिसकेको छ।
साना बामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेको छ ।
पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो ।
राष्टियताको सवाल गठबन्धनभन्दा ठुलो नभएकाले एमसिसी पास गर्ने शर्तमा जनमोर्चा कुनै बिषयमा सम्झौता नगर्ने अध्यक्ष केसी बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: