काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।
बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।
आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तहको निर्वाचनदेखि नै पार्टीलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्तालाई क्रियाशील हुन बैठकले आह्वान गरेको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले बैठकपछि जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम प्रयोग निर्वाचन भएको र निर्वाचनका माध्यमबाट सर्वोत्कृष्ट हुन नेता तथा कार्यकर्ताले सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।
‘गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - ०९:५२
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...
बैशाख १८ गते, २०८१ - ०८:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्। इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...
बैशाख १८ गते, २०८१ - ०७:५४
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ । प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...
बैशाख १८ गते, २०८१ - ०७:४७
वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...
बैशाख १८ गते, २०८१ - ०७:४३
इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...
बैशाख १८ गते, २०८१ - ०७:३८
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...
बैशाख १८ गते, २०८१ - ०७:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...
बैशाख १८ गते, २०८१ - ०७:२८
काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए। इलाम नेकपा ए...
बैशाख १८ गते, २०८१ - ०६:५९
काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...
बैशाख १८ गते, २०८१ - ०६:४७
इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ। उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...
प्रतिकृया लेख्नुहोस्: