पाल्पा । पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ । आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन् ।
ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पा रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम भइरहेको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला विसं २०७२ को भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चल्दैछ ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुर्नःनिर्माण प्राधिकरणको करिब रु तीन करोड छ लाख ५३ हजार ६६२ वजेट लागतमा निर्माणको काम चलिरहेको छ ।
पूरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौ देखि निर्माण भइरहेको छ । २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन्।
उनी भन्छन्, ‘पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठजन्य सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाण्डौँ देखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौँ, पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुदा यस क्षेत्रमा अनुभवी कामदार पुरात्व विभाग अन्र्तगतकै परिचालन गरिएको छ।’
उनका अनुसार भवन निर्माण कार्य सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने भएको छ । गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुहरुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ ।
पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा लिने गरिन्थ्यो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: