Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली

खबरडबली संवाददाता
जनकपुर । केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएकोे छ । 
 
जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो । 
 
“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भने, “तर अहिले रातिका समय जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।”
 
उपमहानगरपालिकाले खम्बाखम्बामा जडान गरेको बत्तीले आफूहरुको बस्ती नै उज्यालो बनेको उनको भनाइ थियो । 
 
“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले भने, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो ।” 
 
अब अहिले निर्धक्क भएर २४सैँ घण्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन, उनको भनाइ छ । “विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उनले भने, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौं ।” 
 
यसबाहेक खम्बाको बत्तीले नगरक्षेत्र नै झिलीमिली बनेको उनको भनाइ थियो । 
 
उपमहानगरपालिकाले एकपछि अर्को लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयवासी बताउँछन् । 
 
उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले जानकारी दिए । 
 
त्यही योजनाअनुसार नगरक्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान गर्ने लक्ष्य रहेकोमा हालसम्म करिब ६० प्रतिशत लाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको वरिष्ठ इञ्जिनीयर यादवले बताए । 
 
“नगरक्षेत्रमा अघिल्लो आर्थिक वर्षबाट उज्यालो जनकपुर अभियान सुरु गरेका छौँ”, उनले भने, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म र परिक्रममा सडकमा ठूलाठूला सेन्सर लाइट जडान गरेका छौँ ।” 
 
बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ, उनको भनाइ छ । विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगरक्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयवासीसमेत उत्साहित बनेका छन् । 
 
जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगरक्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए । 
 
“आफू निर्वाचित भएदेखि चार वर्षको अवधिमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, उहाँले भने, “४०÷५० किलोमिटर सडक बिस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान गरेका छौँ ।” 
 
जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिट्ठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चोक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा नौ इञ्चको ठूलो चेचिस गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ । 
 
यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसकारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुपसमेत फेरिएको छ । रासस
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE