झापा । अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए।
“नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उजले भने, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।”
समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो । समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको छ । “आयात धेरै हुने भएकाले यही जातको पानखेती गर्न थालिएको हो”, उनले भने, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”
आफूहरुले सुरु गरेको पानखेती ठूलो नभए पनि आउने पुस्ता र पानखेती गर्न चाहनेका लागि उपयोगी हुने समूहका अर्का सदस्य कृषक सन्तबहादुर तामाङले जानकारी दिए ।
“यसबाट अरुले सिक्ने अवसर मिल्छ”, उनले भने “अरुलाई समेत पानखेतीमा जोड्नसके पान खरिदमा विदेशिइरहेको ठूलो धनराशि बचत हुन्छ ।”
अन्य खेतीको तुलनामा पानखेती गर्दा सुरुमा अलि बढी नै लगानी हुने भएकाले पानखेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकको जोड छ । सो कृषक समूहले सुरु गरेको पानखेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । रु १५ लाख लगानीमा सुरु गरेको खेतीबाट मासिक रु एक लाख आम्दानी भइरहेको छ ।
बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पानखेती एकपटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने समूहका सदस्य त्रिलोचन खरेलले जानकारी दिनुभयो ।
झापा मासिक चार लाख थान पानको पातको माग रहेको उहाँले बताउनुभयो । आफूहरुले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उनले बताए। “आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उनले भने, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाइ रुपैयाँका दरले पात किनेर लान्छन् ।”
अन्य बालीको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने पानखेतीमा सरोकारवाला निकायले ध्यान दिनसके आयात प्रतिस्थापनसँगै कृषकका लागि दर्बिलो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: