काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको बताएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को १४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपत्यकावासीको पानीको अभावलाई कम गर्न वैकल्पिक व्यवस्थापनका लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन सुरु भएको बताएका हुन्।
“मेलम्ची खोलाको पानीले मात्र उपत्यकावासीलाई पर्याप्त हुँदैन, सिस्नेरी खोेलाको पानी पनि ल्याउने तयारीमा सरकार लागेको छ”, उनले भने।
मन्त्री चौधरीले एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिराको क्षतिको विवरण, त्यसका कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन आएपछि कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताए।
उनले खानेपानीको समयसापेक्ष, वैज्ञानिक एवं व्यावहारिक महसुल निर्धारण गर्न मन्त्रालयले महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो । मागअनुसार उपत्यकामा खानेपानीको आपूर्ति गर्न नसक्नु केयुकेएलको सबैभन्दा चुनौती रहेको उनकाको भनाइ थियो ।
मन्त्री चौधरीले पानी नआएको धारामा ग्राहकलाई महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्ने नीति तयार गरी तुरुन्त व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा उपलब्ध खानेपानीको गुणस्तरको नियमित जाँच गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपभोक्तालाई प्रशोधित, शुद्ध र गुणस्तरीय पानी वितरण गर्न मन्त्रालयबाट विशेष अभियान सञ्चालन गरिने बताए।
केयुकेएल सञ्चालक समितिका अध्यक्ष तिरेशप्रसाद खत्री, मन्त्रालयका सचिव सुरेश आचार्य, केयुकेएलका निमित्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणालगायतले काठमाडौँ उपत्यकाभित्र शुद्ध खानेपानी पु¥याउने गरी केयुकेएलले काम गरिरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - ०९:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...
पौष २७ गते, २०८२ - ०९:१८
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...
पौष २७ गते, २०८२ - ०९:१३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...
पौष २७ गते, २०८२ - ०९:११
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पौष २७ गते, २०८२ - ०८:४६
काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...
पौष २७ गते, २०८२ - ०८:४२
काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...
पौष २७ गते, २०८२ - ०८:३७
काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...
पौष २७ गते, २०८२ - ०८:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...
पौष २७ गते, २०८२ - ०७:५१
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...
पौष २७ गते, २०८२ - ०७:४७
बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...




प्रतिकृया लेख्नुहोस्: