फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ।
गाउँपालिकाका ७ मध्ये ५ वडामा रेविज सङ्क्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ।
फाल्गुनन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नं। २ फाक्तेपमा यसअघि दुई गोरु, दुई भैंसी र दुई गाईमा रेविज सङ्क्रमण पुष्टि भएको छ। कुकुरको टोकाइपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नं. ६ र ७ सबैभन्दा बढी जोखिममा छन्।
उहाँका अनुसार वडा नं. ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैंसी र सात जना मानिसलाई तथा वडा नं. ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बाख्रा र केही कुकुरलाई अज्ञात स्थानबाट आएको कुकुरले टोकेको थियो। तीमध्ये पशु चौपायामा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।
वडा नं. ५ मा समेत सङ्क्रमण देखिएको छ। यहाँ सातवटा बाख्रालाई कुकुरले टोकेकोमा अधिकांशमा रेविजको लक्षण देखिएको छ। हालसम्म फाल्गुनन्दका विभिन्न वडामा १५ वटा पशु रेविजका कारण मरिसकेको र ४५ वटामा रेविजको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ।
यस्तै वडा नं. १ नवमीडाँडा क्षेत्रमा एउटै कुकुरले दुई जना मानिस, एउटा कुकुरसहित केही पशुलाई टोकेको थियो। उक्त कुकुरको पीसीआर परीक्षण गर्दा रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले जनाएको छ।
“भित्री बस्तीसम्म सङ्क्रमित कुकुरले पशु चौपायालाई टोकेको खबर प्राप्त भइरहेको छ। यो तथ्याङ्क अझै बढ्न सक्छ,” घिमिरेले भने।
संक्रमित पशुको सङ्ख्या बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ। पशु सेवा प्राविधिकका अनुसार अधिकांश पशुमा गरिएको प्रारम्भिक तथा पीसीआर परीक्षणबाट रेविज सङ्क्रमण पुष्टि भएको छ। केही नमुनाको परीक्षण प्रक्रिया भने जारी छ।
नवमीडाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र घोषणा गरी निगरानी बढाइएको गाउँपालिकाले जनाएको छ।
यसैबिच फिदिम बजारमा शनिबार साँझ एउटा शङ्कास्पद भुस्याहा कुकुरले करिब ३० वटा कुकुर र एक बालिकालाई टोकेपछि नगरपालिकाले उक्त कुकुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार सोही कुकुरले फिदिम नगरपालिका–४ का केशव खनालको भैंसीलाई समेत टोकेको थियो।
घटनापछि फिदिम नगरपालिकाले मुस्कान चोक नजिकै कुकुरका लागि क्वारेन्टिन निर्माण गरेको छ। एउटै कुकुरले शनिबार साँझ करिब ४० वटा कुकुर, अन्य पशु चौपाया र केही मानिसलाई टोकेपछि क्वारेन्टिन स्थापना गरिएको नगरपालिकाले जनाएको छ।
यसअघि हिलिहाङ गाउँपालिकामा रेविजको लक्षण देखिएपछि निगरानीमा राखिएको खसीमा समेत रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।
यससँगै जिल्लाका फाल्गुनन्द, फिदिम र हिलिहाङ गरी तीन स्थानीय तहमा रेविज सङ्क्रमणको जोखिम बढेको विज्ञ केन्द्रले जनाएको छ।
सङ्क्रमणको जोखिम बढ्दै गएपछि नगरपालिका र प्रभावित गाउँपालिकाले पशुमा अस्वाभाविक व्यवहार, अत्यधिक र्याल बग्ने वा आक्रामक लक्षण देखिए तत्काल पशु सेवा शाखा र भेटेरिनरी अस्पतालमा जानकारी गराउन तथा जोखिममा रहेका पशुबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
पशु सेवा प्राविधिकहरूले सङ्क्रमण फैलिन नदिन कुकुरको निगरानी, खोप अभियान र जोखिम क्षेत्रमा सचेतना कार्यक्रमलाई तीव्र पारिएको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...
श्रावण १८ गते, २०८३ - ११:०६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...
श्रावण १८ गते, २०८३ - १०:०७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...



प्रतिकृया लेख्नुहोस्: