विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले गरेको खानतलासीबाट कुनै शंकास्पद वस्तु फेला परेको छैन।
सोमबार बिहान करिब साढे ४ बजेदेखि सुरु भएको खानतलासी करिब पाँच घण्टापछि सकिएको हो। मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार विशेष सूचनाका आधारमा घरदेखि कार्यालयसम्म विस्तृत रूपमा खोजतलास गरिए पनि अवैध नगद वा अन्य शंकास्पद सामग्री भेटिएको छैन।
उनका अनुसार प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर खानतलासी गरेको हो। 'विशेष सूचनाको आधारमा खोजतलास गरिएको थियो। घर र कार्यालय दुवै स्थानमा जाँच गर्दा कुनै आपत्तिजनक वस्तु फेला परेन, एसपी कटवालले बताए।
मुन्दडा चाँदी व्यवसायसँग आबद्ध व्यवसायी हुन्। उनीमाथि अवैध नगद र हुन्डी कारोबारको रकम लुकाएको आशंकापछि प्रहरी टोली परिचालन गरिएको थियो।
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले बिहान खोजतलासी पुर्जी देखाएर घरमा प्रवेश गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए।
'प्रहरीले घरका सबै भाग र कार्यालयसमेत राम्रोसँग जाँच गर्नुभयो। अन्त्यमा कुनै पनि शंकास्पद वस्तु नभेटिएको भन्दै फर्किनुभयो,' उनले भने।
प्रहरीले भने विशेष सूचनाका आधारमा अनुसन्धानका क्रममा नियमित रूपमा यस्ता खोजतलास गरिने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...
श्रावण १८ गते, २०८३ - १३:०४
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...
श्रावण १८ गते, २०८३ - १२:५१
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...
श्रावण १८ गते, २०८३ - १२:३५
सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...
श्रावण १८ गते, २०८३ - १२:०५
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...
श्रावण १८ गते, २०८३ - ११:०६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...



प्रतिकृया लेख्नुहोस्: