Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमसिसीको सकसमा प्रतिनिधिसभाको बैठक, होला त टेबल ?

हाम्रो अवरोध कायमै रहन्छ : विशाल भट्टराई

खबरडबली संवाददाता

काठमाडौं । लामो समयदेखि अवरोध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। 

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेश गर्ने चर्चा चलिरहेकोे बेलामा सम्भावित कार्यसुचीमा परेका छैन। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फोन गरेर एमसिसी टेबुल गर्नको लागि कार्यव्यवस्था परामर्श समितीको बैठक बोलाउन आग्रह गरेका थिए। 

सभामुखले प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकको कार्यसूची तयार गर्नका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

त्यसो त एमसिसीसँगको सम्झौता आज संसद्‌मा टेबल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। 

सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले भने, सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ।’ 

तर, सम्भावित कार्यसूचीमा त समेटिएन नि ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘अहिले नभए त्यो फेरि थपिएला, तर टेबल हुन्छ।’

त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिए। 

सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउने भन्दा पनि पूर्ण रुपमा वेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending