Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गठबन्धनमा खटपट सरु, कांग्रेस नेताहरु निरन्तर ओलीसँग संवादमा

खबरडबली संवाददाता

काठमाडौँ । एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनमा निर्णायक वार्ता चलिरहेका बेला कांग्रेसका नेताहरुले भने यता एमालेसँग छलफल चलाएका छन् ।

माओवादी र एकीकृत समाजवादीले गत शनिबार भएको समझदारी विपरित एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय लिएपछि आक्रोशित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएका छन् ।

स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए । बेलुका ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने ठोस जवाफ कांग्रेस नेताहरुलाई दिईसकेका छैनन् । ‘सत्ता गठबन्धनको बैठकले के निर्णय लिनुहुन्छ, त्यसपछि मात्रै ठोस कुरा गरौला भन्ने जवाफ ओलीजीले दिनु भएको छ, एमालेसँग गठबन्धन हुने कि नहुने भन्ने कुरा बेलुका सत्ता गठबन्धनको बैठकले निर्धारण गर्छ ।’

माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने चेतवानी दिएपछि काँग्रेसले एमालेसँग सम्वाद बढाएको छ । आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् ।

काँग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेको बुझिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...

एमाले सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...

ओली लगातार तेस्रो पटक नेकपा एमाले अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...

एमालेको मतगणना जारी: अधिकांश पदमा ओली प्यानलकै वर्चश्व

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...

मतगणना जारी, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending