काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगका्े वार्ता सकारात्मक भएको छ। बिहिबार दुई चरणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शिर्ष नेताहरुबीचको वार्ता सकारात्मक भएको हो।
अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउनकै लागि प्रधानमन्त्री देउवा पाँच दलीय सत्ता गठबन्धन नै टुटाउन तयार भएका हुन्। कांग्रेस एमाले वार्ता सकारात्मक भएपनि ठोस सहमति भने बनिसकेको छैन।
तर, बैठकले देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेको छ।
दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन सैद्धान्तीक सहमति बनिसकेको छ।
बिहीबार साँझ बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।
बालुवाटारमा दुई पक्षीय छलफलका साथै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब २० मिनेट वान टु वान वार्ता पनि भएको थियो ।
राष्ट्रिय महत्त्वका विषयमा कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने देउवाको भनाइ थियो। दुई पार्टी नमिल्दा अरुले आफूहरूलाई प्रयोग गरेको भन्दै अब मिल्दा पनि कांग्रेस–एमाले मिल्नुपर्ने र लड्दा पनि कांग्रेस–एमाले नै लड्नुपर्ने कुरा देउवाले राखेका थिए।
बैठकमा सहभागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुवै पक्षले आआफ्ना धारणा राखेको र छलफल जारी राख्ने सहमित भएको बताए।
दुवै पक्ष तयार रहेपनि सहकार्यका ‘स्टेपहरु’ तय हुन बाँकी रहेको कांग्रेस महामन्त्री गगन थापाले बताए।
कांग्रेस र एमालेबीच आजै नयाँ समिकरण बन्नसक्ने सम्भावना देखिएको छ। आज प्रतिनिधिसभामा एमसिसीमाथि छलफल हुदैछ। वार्ता सकारात्मक भएपछि दुवै तर्फका नेता आन्तरिक छलफलमा व्यस्त छन्।
त्यसो त पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।
प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्।
तर, सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: