Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

युक्रेनी राष्ट्रपतिद्वारा देश छोड्न 'अस्वीकार', राजधानी किएभमा रुसी क्षेप्यास्त्र प्रहार

रुसी सैनिक चढेको विमान खसालिदिएको युक्रेनको दाबी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।

रुसी फौज किएभनजिकै आइपुग्दा युक्रेनले प्रतिरोध गरिरहेको जनाएको छ।

मलाई पक्राउ गर्ने योजना विफल : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।

“हामीले योजना असफल बनाएका छौँ,” जेलेन्स्कीले भने।

युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्।

आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाइ छ।

अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।

रुसी सैनिक चढेको विमान खसालिदिएको युक्रेनको दाबी

युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान किएभनजिकै खसालिदिएको दाबी गरेको छ।

उक्त दाबीको बीबीसीले स्वतन्त्र पुष्टि गरेको छैन भने यसबारे रुसले कुनै प्रतिक्रिया दिएको छैन।

किएभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल(७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ।

युक्रेनका सैन्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रुसी सैन्य विमान खसालेकोप्रति सङ्केत गर्दै सन् २०१४ मा युक्रेनी विमान खसालिएको घटनाको बदला लिइएको बताएका छन्।

शनिवार रुसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आक्रमणमा मस्कोले कुनै मानवीय क्षति नबेहोरेको दाबी गरेका थिए।

रुसी आक्रमणको तेस्रो दिन के भयो?

 

 

रुसी सैनिकहरू युक्रेनको राजधानी तर्फ अघि बढेपछि शनिवार भएका मुख्य घटनाक्रमहरू यस्ता छन्:

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ।

यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन्।

रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अन्य सामाग्री पठाइरहेको छ।

फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ।

रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।

किएभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण क्षति पुगेको एउटा अपार्टमेन्ट भवनका थप तस्बिरहरू बाहिर आएका छन्।

युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending