Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमसिसी अनुमोदनपछिको तनाव : सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा आज साँझसम्म कर्फ्यू

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबारराति सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ।

सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा आदेश जारी गरेका हुन्।   

निषेधाज्ञा आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ।

प्रजिअ रिजालले बन्दकर्ता उग्र बनेका र थप क्षति हुन नदिन निषेधाज्ञा आदेश जारी गरिएको बताए। आन्दोलनमा उत्रिएका बन्दकर्ताले साँझ सुर्खेत हटियालाइनस्थित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को कार्यालय तोडफोड गरेका थिए। 

ढुङ्गामुढाबाट कांगे्रस कार्यालयका सिसा फुटेका छन् भने एमाले कार्यालय रहेको भवनमा व्यवसायीका सटर तोडफोड गरिएका छन्।

पार्टी कार्यालयहरुमा आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितर बितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच सोमबार दिनभर वीरेन्द्रनगरका विभिन्न स्थानमा दोहोरो झडप भएको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending