काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।
प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले बताए।
गत बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने बताएका थिए।
त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ। यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले बताए।
फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीेले प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
एमालेको चेतावनी
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ। सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई नहटाएको र विपक्षीलाई वेवास्था गरिरहेको आरोप लगाउदै सभामुखमाथि महाभियोग लगाउने चेतावनी दिँदै आएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई खाली कागजमा हस्ताक्षर गराइसकेको र जुनसुकै बेला पनि महाभियोग प्रस्ताव ल्याउने चेतावनी दिँदै आएको छ। त्यसो त ओलीले बिहिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुखविरुद्ध महाभियोग दर्ता गर्ने संकेत गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: