नुवाकोट । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ ।
खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित सहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशूली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसैगरी जिल्लाका १२ स्थानीय तहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा सङ्क्रमणको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामै खोप उपलब्ध गराउन लागिएको हो ।
त्यसका लागि हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने खोप अधिकृत महर्जनले बताए।
सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ ।
नुवाकोटमा कोरोना रोगविरुद्धको खोप सेवामा सबैको पहुँच पु¥याई जिल्लालाई कोरोनाविरुद्धको खोपयुक्त जिल्ला घोषणाका लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।
जिल्लामा हालसम्म विभिन्न पाँच कम्पनीका तीन लाखभन्दा बढी डोज भित्रिएको छ । खोप कार्यक्रम सुरु भएदेखि हालसम्म नुवाकोटमा कोभिशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसेल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: