नुवाकोट । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ ।
खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित सहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशूली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसैगरी जिल्लाका १२ स्थानीय तहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा सङ्क्रमणको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामै खोप उपलब्ध गराउन लागिएको हो ।
त्यसका लागि हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने खोप अधिकृत महर्जनले बताए।
सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ ।
नुवाकोटमा कोरोना रोगविरुद्धको खोप सेवामा सबैको पहुँच पु¥याई जिल्लालाई कोरोनाविरुद्धको खोपयुक्त जिल्ला घोषणाका लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।
जिल्लामा हालसम्म विभिन्न पाँच कम्पनीका तीन लाखभन्दा बढी डोज भित्रिएको छ । खोप कार्यक्रम सुरु भएदेखि हालसम्म नुवाकोटमा कोभिशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसेल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: