रसुवा । ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ ।
मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो ।
एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले रु ३५ करोडको बिल भुक्तानी लिँदासाथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख नीरज शाक्यले बताए ।
ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्णरूपमा बन्द भएको छ । जिम्मा लिएको काम छोडी राजमार्ग विस्तारमा बाधा पु¥याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भइरहेको प्रमुख शाक्यले बताए । बीचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु¥याउने सो कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको रू साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न आयोजना बाध्य हुने बताइएको छ ।
नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको प्राविधिकले जनाएका छन् । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चार वटा सम्पन्न भई यातायात चालु भइसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भइरहेका छन् ।
यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका ससाना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको बताइएको छ ।
मङ्सिर, पुस, माघको चिसो याममा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धीशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुल उपरका लागि मजदुरबाट निवेदन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: