Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रुसी फौज किएभनजिक पुनः तैनाथ, अस्थायी युद्धविरामको उल्लङ्घन !

२३ लाखले युक्रेन छाडे, भन्यो : दशवटा रुसी लडाकु विमान खसाल्यौँ

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजको एउटा लस्कर किएभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको छ। त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ।

म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ।त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो।

रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप लगाएको छ।

युक्रेनको राज्य स्तरीय पारमाणविक नियामक निकायका अनुसार पूर्वोत्तर सहर खार्किभमा रहेको उक्त अनुसन्धान केन्द्रमा बिहीवार अबेर भएको गोलाबारीका क्रममा विद्युतीय आपूर्ति रोकिएको छ।

घटनामा कुनै मानवीय क्षति भएकोबारे विवरण आएको छैन। रुसले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएको छैन।भूउपग्रह तस्वीरभूउपग्रह तस्वीर

मार्च ३ मा दक्षिण-पूर्वी युक्रेनमा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको एउटा भवनमा रुसले अस्त्रको प्रयोग गरी आगो लगायो र लगत्तै कब्जा गर्‍यो।

बिहीवार पनि संयुक्त राष्ट्रको परमाणुसम्बन्धी नियामक संस्था आइएईएले युक्रेनी अधिकारीहरूले उनीहरूलाई रुसी सेनाले कब्जा गरेको युक्रेनको अर्को परमाणु केन्द्र चर्नोबलसँग पूर्ण रूपमा सञ्चार विच्छेद भएको बताएको जनाएको छ।

सन् १९८६ मा उत्तरी युक्रेनको चर्नोबलमा संसारको सबैभन्दा भयानक पारमाणविक दुर्घटना भएको थियो।

मानवीय निकास  दिन्छौँ : रुस

क्रेम्लिनले युक्रेनबाट रुसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने बताएको छ। रुसी रक्षा मन्त्रालले रुसका सञ्चारमाध्यमहरूलाई शुक्रवारबाट त्यस्तो मार्ग खुला गरिने बताएको छ।

युक्रेनले पहिले रुसले गरेको यस्तै प्रस्तावलाई अस्वीकार गरेको थियो। उसले त्यस्तो प्रस्तावलाई अस्वीकार्य र निन्दनीय भनेको थियो।

त्यस्तै अमेरिकाले पनि उक्त प्रस्तावलाई हास्यास्पद भनेको थियो। संयुक्त राष्ट्रसङ्घले हालसम्म २३ लाख मानिसले युक्रेन छाडिसकेको बताएको छ।

अस्थायी युद्धविराम उल्लङ्घन

युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै बिहीवार रुसी मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको छ। उनले त्यहाँ निराशाजनक अवस्था उत्पन्न भएको बताए।

उनका दाबीमा रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निसानामा पारेका छन्।सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन्।

मारिओपोलको अवस्थाबारे एकजना युक्रेनी सांसदले भने- “मैले हाल मारिओपोलमा रहेकी मेरी बहिनीसँग मैले एक मिनट जति कुराकानी गरेको थिएँ। त्यहाँ मोबाइल सम्पर्कमा समस्या छ। खानेपानीको र खानेकुराको अभाव छ।”

दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन

युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ। सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।

निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन। रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।

निर्यातमा प्रतिबन्ध

पश्चिमा देशहरूको आर्थिक प्रतिबन्धको प्रतिउत्तरमा रुसले यो वर्षको अन्त्य सम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

त्यस्ता वस्तुमा दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठ जस्ता कुराहरू रहेका छन्। उसले दुई सयभन्दा बढी वस्तुमा लगाएको प्रतिबन्धले ईयूका सदस्य राष्ट्रहरू सहित अमेरिकालाई पनि प्रभाव पर्नेछ।

युक्रेनमा हमला गरेपछि पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending