Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रुसी फौज किएभनजिक पुनः तैनाथ, अस्थायी युद्धविरामको उल्लङ्घन !

२३ लाखले युक्रेन छाडे, भन्यो : दशवटा रुसी लडाकु विमान खसाल्यौँ

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजको एउटा लस्कर किएभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको छ। त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ।

म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ।त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो।

रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप लगाएको छ।

युक्रेनको राज्य स्तरीय पारमाणविक नियामक निकायका अनुसार पूर्वोत्तर सहर खार्किभमा रहेको उक्त अनुसन्धान केन्द्रमा बिहीवार अबेर भएको गोलाबारीका क्रममा विद्युतीय आपूर्ति रोकिएको छ।

घटनामा कुनै मानवीय क्षति भएकोबारे विवरण आएको छैन। रुसले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएको छैन।भूउपग्रह तस्वीरभूउपग्रह तस्वीर

मार्च ३ मा दक्षिण-पूर्वी युक्रेनमा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको एउटा भवनमा रुसले अस्त्रको प्रयोग गरी आगो लगायो र लगत्तै कब्जा गर्‍यो।

बिहीवार पनि संयुक्त राष्ट्रको परमाणुसम्बन्धी नियामक संस्था आइएईएले युक्रेनी अधिकारीहरूले उनीहरूलाई रुसी सेनाले कब्जा गरेको युक्रेनको अर्को परमाणु केन्द्र चर्नोबलसँग पूर्ण रूपमा सञ्चार विच्छेद भएको बताएको जनाएको छ।

सन् १९८६ मा उत्तरी युक्रेनको चर्नोबलमा संसारको सबैभन्दा भयानक पारमाणविक दुर्घटना भएको थियो।

मानवीय निकास  दिन्छौँ : रुस

क्रेम्लिनले युक्रेनबाट रुसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने बताएको छ। रुसी रक्षा मन्त्रालले रुसका सञ्चारमाध्यमहरूलाई शुक्रवारबाट त्यस्तो मार्ग खुला गरिने बताएको छ।

युक्रेनले पहिले रुसले गरेको यस्तै प्रस्तावलाई अस्वीकार गरेको थियो। उसले त्यस्तो प्रस्तावलाई अस्वीकार्य र निन्दनीय भनेको थियो।

त्यस्तै अमेरिकाले पनि उक्त प्रस्तावलाई हास्यास्पद भनेको थियो। संयुक्त राष्ट्रसङ्घले हालसम्म २३ लाख मानिसले युक्रेन छाडिसकेको बताएको छ।

अस्थायी युद्धविराम उल्लङ्घन

युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै बिहीवार रुसी मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको छ। उनले त्यहाँ निराशाजनक अवस्था उत्पन्न भएको बताए।

उनका दाबीमा रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निसानामा पारेका छन्।सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन्।

मारिओपोलको अवस्थाबारे एकजना युक्रेनी सांसदले भने- “मैले हाल मारिओपोलमा रहेकी मेरी बहिनीसँग मैले एक मिनट जति कुराकानी गरेको थिएँ। त्यहाँ मोबाइल सम्पर्कमा समस्या छ। खानेपानीको र खानेकुराको अभाव छ।”

दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन

युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ। सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।

निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन। रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।

निर्यातमा प्रतिबन्ध

पश्चिमा देशहरूको आर्थिक प्रतिबन्धको प्रतिउत्तरमा रुसले यो वर्षको अन्त्य सम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

त्यस्ता वस्तुमा दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठ जस्ता कुराहरू रहेका छन्। उसले दुई सयभन्दा बढी वस्तुमा लगाएको प्रतिबन्धले ईयूका सदस्य राष्ट्रहरू सहित अमेरिकालाई पनि प्रभाव पर्नेछ।

युक्रेनमा हमला गरेपछि पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending