काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ ।
भारतसँगको मुलुकको युगौँ पुरानो मित्रवत् सम्बन्धलाई राजनीतिसँग जोडेर प्रायोजित योजनाअनुरुप पूर्वाग्रहका साथ भ्रामक, असत्य र कपोलकल्पित समाचार प्रकाशन गरेकामा उक्त मन्त्रालयले त्यसको भत्र्सना गरेको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले एक विज्ञप्ति जारी गरी उक्त समाचार प्रकाशन एवं सम्प्रेषण गर्ने, गर्न उक्साउने, जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सुक्खा महिनाहरुमा नेपालका जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादन घट्न गई भारतबाट विद्युत् आयात गरी यहाँको विद्युत् माग–आपूर्तिको सन्तुलन मिलाइँदै आएकामा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत् भारतको आफ्नै विद्युत् माग बढी भएका कारण ‘पिक आवर’मा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत् व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित द्विपक्षीय सम्झौता (पिपिए)मार्फत वा बिड आह्वानमार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गत विद्युत् आयातका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गर्नसक्ने र त्यसरी विद्युत् आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - ०८:१८
भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...
चैत्र २३ गते, २०८२ - ०८:१५
काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...
चैत्र २३ गते, २०८२ - ०८:०६
काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...
चैत्र २३ गते, २०८२ - ०८:०१
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...
चैत्र २३ गते, २०८२ - ०७:५८
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...
चैत्र २३ गते, २०८२ - ०७:५१
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...
चैत्र २३ गते, २०८२ - ०७:४५
काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...
चैत्र २३ गते, २०८२ - ०७:३५
चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...
चैत्र २३ गते, २०८२ - ०७:२८
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...
चैत्र २३ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: