Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

सरकारले भन्यो- विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ ।

भारतसँगको मुलुकको युगौँ पुरानो मित्रवत् सम्बन्धलाई राजनीतिसँग जोडेर प्रायोजित योजनाअनुरुप पूर्वाग्रहका साथ भ्रामक, असत्य र कपोलकल्पित समाचार प्रकाशन गरेकामा उक्त मन्त्रालयले त्यसको भत्र्सना गरेको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले एक विज्ञप्ति जारी गरी उक्त समाचार प्रकाशन एवं सम्प्रेषण गर्ने, गर्न उक्साउने, जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सुक्खा महिनाहरुमा नेपालका जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादन घट्न गई भारतबाट विद्युत् आयात गरी यहाँको विद्युत् माग–आपूर्तिको सन्तुलन मिलाइँदै आएकामा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत् भारतको आफ्नै विद्युत् माग बढी भएका कारण ‘पिक आवर’मा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत् व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित द्विपक्षीय सम्झौता (पिपिए)मार्फत वा बिड आह्वानमार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गत विद्युत् आयातका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गर्नसक्ने र त्यसरी विद्युत् आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विद...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending