Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

हिरासतभित्रै रविको सुरक्षामा फेरि ‘खेलबाड’, प्रहरीको अनुमतिमा तस्बिर खिचिनु शंकास्पद

खबरडबली संवाददाता

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको स्वास्थ्य समस्याप्रति अनदेखा गर्दै केही दिनअघि उच्च रक्तचाप रहेकै अवस्थामा मध्यराति चितवनबाट पोखरा पुर्‍याएको प्रहरीले सुरक्षामा फेरि गम्भीर खेलबाड गरेको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनी सुतिरहेको तस्बिर सार्वजनिक भएको छ, जुन मानव अधिकार र गोपनीयताको हकका हिसाबले पनि कानुनको गम्भीर उल्लंघन हो । सत्ताको ‘इसारा’मा लामिछानेमाथि प्रहरीले हिरासतभित्र पनि ज्यादती गरिरहेको भन्दै रास्वपाले आपत्ति जनाएको छ । 

घटनाको प्रकृति नै गम्भीर छ । त्यसैले गृहमन्त्री रमेश लेखक आफैँले पनि चासो देखाएका छन् । उनले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई उक्त विषय छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । तस्बिर सार्वजनिक हुनुमा सुरक्षामा गम्भीर त्रुटि रहेको निष्कर्षसहित घटनाको अनुसन्धान गर्न प्रहरीले एसएसपी मुकुन्द मरासिनीको कमान्डमा विशेष छानबिन समिति गठन गरेको छ । अन्य चार प्रहरी अधिकृत सदस्य रहेको समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिइएको छ ।

सहकारी ठगी अभियोगको अनुसन्धानका लागि लामिछाने ६२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई भेट्न २९ मंसिरको दिउँसो सामाजिक अभियन्ता डा. निकोलस भुसाल हिरासत कक्ष पुगेका थिए । भेटेर फर्कने क्रममा उनले ‘सिसिक्यामेरा कन्ट्रोल रुम’मा पुगेर लामिछाने सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन क्रमशः ‘भाइरल’ भयो । त्यसपछि रास्वपाका नेता–कार्यकर्ताले प्रहरीको नियतमाथि नै प्रश्न उठाएका छन् । यसले राजनीतिक तरंग नै सिर्जना गरेको छ । 

कानुनतः हिरासत कक्षभित्र प्रवेश गर्दा आगन्तुकलाई मोबाइल, कपी, कलम, रेकर्डर, क्यामेरा लिएर जान बन्देज लगाइएको हुन्छ । सोही प्रयोजनका लागि हिरासत कक्षभित्र छिर्नुअघि प्रहरीले आगन्तुकको खानतलासी लिन्छ । पासमा मोबाइल, कपी, कलम, रेकर्डर, क्यामेरा छ भने झिक्न लगाउँछ । ‘सिसिक्यामेरा कन्ट्रोल’ कक्ष पनि प्रहरीको कडा सुरक्षा निगरानीभित्र रहन्छ । कक्षमा आगन्तुक र असम्बन्धित कसैलाई पनि छिर्न दिइन्न । तर, प्रहरीले डा. भुसाललाई भने मोबाइल लैजान छुट दिएको देखिन्छ । प्रहरीकै अनुमति वा योजनामा उनले कन्ट्रोल कक्षमा राखिएको ‘टिभी स्क्रिन’मा सुतिरहेको देखिने लामिछानेको तस्बिर खिचेका हुन् । 

जिप्रका कास्कीमा ‘सिसिक्यामेरा कन्ट्रोल’ कक्ष प्रवेशद्वारनजिकै छ । जसका लागि छुट्टै भवन छ । कक्ष कमान्डको जिम्मा सइलाई दिइएको छ । जब कि हिरासतमा राखिएका लामिछानेको कक्ष त्यहाँबाट करिब सय मिटर टाढा छ । उनलाई जिप्रकाभित्र रहेको चारमध्ये एक भवनको दोस्रो तलास्थित कोठामा राखिएको छ । निकोलस शनिबार करिब ४ बजे लामिछानेलाई भेट्न हिरासत कक्ष पुगेका थिए । केहीबेरपछि उनी हिरासत कक्षबाट बाहिरिए । र, जिप्रका प्रवेशद्वारनजिकै रहेको कन्ट्रोल कक्षभित्र छिरे । खल्तीमा रहेको मोबाइल झिके । स्क्रिनमा डिस्प्ले तस्बिर खिचेर बाहिरिए । उनलाई कक्षका कुनै सुरक्षाकर्मीले रोकेनन् । यसले प्रहरीको नियतप्रति शंका उत्पन्न गराएको छ । 

रास्वपा सहप्रवक्ता मनीष झाले असम्बन्धित व्यक्तिलाई सुतिरहेका वेला हिरासत कक्षमा भेट्न अनुमति दिने विषयले प्रहरी लामिछानेको सुरक्षामा संवेदनशील नभएको पुष्टि हुने बताए । ‘हिरासत कक्षभित्र छिर्दा मोबाइल, डिजिटल घडीलगायत सामग्री फुकाल्नुपर्छ । तर, डा. निकोलसको हकमा त्यसो गरिएन । जब कि उनी न पार्टीका सदस्य हुन्, न नाताभित्रका सदस्य नै,’ झाले नयाँ पत्रिकासँग भने, ‘त्यो पनि लामिछाने सुतिरहेका वेला भित्र गएका छन् । यस्तो गतिविधिले सरकार लामिछानेको सुरक्षा व्यवस्थामा आवश्यकताअनुसार गम्भीर नभएजस्तो देखिन्छ । असम्बन्धित व्यक्तिलाई सुतिरहेका वेला भित्र छिर्न दिनु उहाँको सुरक्षा जोखिम देखियो ।’

कार्यालय प्रमुख डिआइजी भोला रावलले हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक हुनुमा त्रुटि हुन पुगेको र अनुसन्धानका लागि एसएसपीको कमान्डमा समिति गठन गरिएको बताए । ‘जिप्रका कास्कीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक हुँदा सुरक्षा प्रबन्धमा कमजोरी भएको देखियो,’ उनले भने, ‘त्यसो भएको हुँदा एसएसपीको कमान्डमा समिति गठन गरेका छौँ । उनीहरूलाई अबको दुई–तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनेका छौँ ।’

सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले हिरासतभित्र रहेका व्यक्तिको तस्बिर खिचेर सार्वजनिक गर्नु गलत भएको बताए । ‘हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएको छ । सैद्धान्तिक तवरले हेर्दा यो गलत भएको छ,’ उनले भने । 

रास्वपा नेता–कार्यकर्ताले सार्वजनिक रूपमा प्रश्न उठाएपछि डा. भुसालले लामिछानेको तस्बिर आफैँले खिचेको सामाजिक सञ्जालमार्फत स्वीकार गरेका छन् । उनको दाबीअनुसार तस्बिर खिच्दा प्रहरीसमेत सँगै थिए । ‘शनिबार साँझ ४ बजेतिर उहाँलाई हिरासत कक्षमा भेटेँ । फर्कने क्रममा ‘सिसिक्यामेरा कन्ट्रोल रुम’मा एकछिन गएँ । रवि दाइ सुतिरहनुभएको ‘स्क्रिन’मा देखेँ । मैले सोही तस्बिर खिचेको हुँ । तस्बिर खिच्दा प्रहरी पनि सँगै थिए,’ उनले भनेका छन् । 

‘म सिसिक्यामेरा भएको रुममा एकछिन छिरेँ । दाइलाई सिसिक्यामेरामा हेरेको थिएँ । उहाँ सुतिरहनुभएको थियो । केही गाह्रो नहोला भन्ने हिसाबले खिचँे । पहिला पनि यस्ता तस्बिर देखिरहेको हुन्थेँ,’ उनले भनेका छन्, ‘कसैलाई नराम्रो गरौँ भनेर गरेको होइन । प्रहरीलाई पनि नराम्रो गर्ने गरी खिचेको होइन । चितवनबाट राति–राति ल्याइए पनि यहाँ राम्रो गरी राखिएको छ भन्ने उद्देश्य थियो । मसँग मोबाइल मागिएन । मैले पनि दिइनँ । सिसिक्यामेरा रुमभित्र एकक्षण बसेको हो । त्यही क्रममा खिचेको हो ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले तस्बिर सार्वजनिक हुनुमा प्रहरीको कमजोरी हुन सक्ने देखिएको हुँदा छानबिन गर्न समिति गठन भएको बताए । ‘घटनामा प्रहरीको पनि कमी–कमजोरी हुन सक्छ । कसरी घटना हुन पुग्यो ? एक्सेस (तस्बिर खिच्ने) कसरी पुग्यो ? यी सबै विषयमा छानबिन गर्न प्रधान कार्यालयबाट निर्देशन भइसकेको छ,’ उनले भने, ‘यसैअनुसार समिति गठन पनि भइसकेको छ । जोसुकै दोषी होस्, चाहे प्रहरी कर्मचारी या बाहिरको मान्छे । ऊमाथि कारबाही हुन्छ । गोपनीयताको उल्लंघन भएको छ । यसमा विद्युतीय कारोबार ऐन पनि आकर्षित हुन्छ । यस विषयमा पनि अनुसन्धान अघि बढिसकेको छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending