Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

रुसमा ‘देशद्रोह’ गरेको आरोपमा १६ वर्षको जेल सजाय

खबरडबली संवाददाता

मस्को । रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । 

मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरुलाई नियमितरुपमा भारी सजाय सुनाउँछ र रुस र कब्जा गरिएका क्षेत्रहरूमा युक्रेनीलाई लगातार कैँद पनि गर्दै आएको छ । नाम नखुलाइएका ती व्यक्तिलाई रुसको दक्षिणी शहर रोस्तोभ-अन-डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो । 

अभियोजकहरुले उनले रुसी सशस्त्र बलबारे किएभको सुरक्षा सेवालाई जानकारी दिएको बताए । रुसी समाचार निकायहरुले उनलाई उदृत गर्दै भनेका छन्, ’ती व्यक्ति राज्यविरुद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिएका छन्, उनी आतङ्कवादी गतिविधिका साथै विस्फोटक पदार्थको अवैध भण्डारण र ओसारपसारमा सहयोगी थिए । 

अदालतले उनलाई उच्च सुरक्षा भएको ‘दण्ड कोलोनी’मा सजाय भुक्तान गराउन आदेश दिएको छ । तास समाचार एजेन्सीले प्रकाशित एक भिडियामो एफएसबीका अधिकारीहरुले कार रोकेर एक व्यक्तिलाई घिसारेर भुइँमा फ्याँकेका थिए, त्यसपछि उनलाई हत्कडी लगाएर सुरक्षा बलको स्थानीय मुख्यालयमा लगेका थिए । 

भिडियोमा अनुहार धमिलो भएका एक व्यक्तिले आफूलाई सन् २०१६ मा युक्रेनको एसबीयू सेक्युरिटी सर्भिसमा भर्ती गरिएको बताएका छन् । पक्राउ परेपछि रुसले एफएसबीले खिचेका स्वीकारोक्तिका भिडियो नियमितरुपमा सार्वजनिक गर्ने गरेको छ । मस्कोको युक्रेनविरुद्धको आक्रमण करिब तीन वर्षदेखि जारी छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE