नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२।४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए।
ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ ।
त्यसैगरी खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उनको भनाइ छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताए ।
उनले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताए । सो सडकखण्ड विस्तारको काममा अहिले दैनिक झण्डै ७०० को हाराहारीमा मजदुर खटिएका इन्जिनियर दिष्टीले जानकारी दिए।
सो खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उनले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताए । सडकखण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ ।
“आउने बर्खामा डाइभर्सनका कारण यात्रुले दुःख नपाउन् भन्नका लागि हामीले कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन भनेका छौँ” उनले भने, “गैँडाकोटको थुम्सी जङ्गल क्षेत्रमा निर्माणाधीन सबै पुल आउने बर्खाअघि नै सम्पन्न हुन्छन् ।”
सडकको पूर्वी खण्डअन्तर्गत २२ माइनर ब्रीज (साना पुल) निर्माण हुने र अहिले १५ पुल निर्माणाधीन अवस्थामा रहेका उहाँले जानकारी दिए। “पूर्वी खण्डमा निर्माण हुने १२ मेजर ब्रीज (ठूला पुल) मध्ये छ निर्माणको क्रममा छन्”, उनले भने, “यहाँ २१५ वटा कल्भर्ट निर्माण हुनेछन् भने अहिले ११५ निर्माणाधीन अवस्थामा छन् ।”
पछिल्लो समय सडक विस्तारको कामले केही गति लिएको उहाँले दाबि समेत गर्नुभयो । प्रमुख दिष्टीका अनुसार मध्यबिन्दुको चोरमारा र अरुणखोला जङ्गल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ । दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहको छ । सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।
करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।
सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदैछ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: