Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

होली पर्व : हराउँदै मौलिक संस्कृति

खबरडबली संवाददाता

रामपुर ।  होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ । पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा देखासिकी र वनावटीपन  बढेको गुनासो गरिएको छ । समय अनुसार होलीको महत्व बढेकोले आधुनिकतासँगै यसको मौलिकतालाई ख्याल गर्नुपर्ने आवाज पनि उठेको छ । 
 
यो पर्व कतिपय अवस्थामा मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहङ्कारपन देखिएको छ । यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ । गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागुपूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउँदै जान थालेको गुनासो बढेको छ । 
   
रङ्ग दलेर साथीभाइ, आफन्त, घरपरिवारसँग रमाइलो गरी अहिले भित्रिएका आधुनिक प्रविधिको सही सदुपयोग गर्दै मनाउनुपर्ने युवा दीपेन्द्र भट्टराईको भनाइ छ । पहिलेका होलीमा गाउँघरमा खैजडीँ, मादल बजाएर गीत गाएर नाच्ने चलन थियो । अहिले ठूला–ठूला साउण्ड सिस्टम, युट्युब, मेमोरीकार्डको माध्यमबाट नाच्ने चलन छ । यसले गर्दा पनि परम्परागत शैलीमा गाउँने र नाच्ने चलन गाउँघरमा हिजोआज देख्न पाइदैन । 

होली आउनु एक दुई दिन अगाडि नै खँैजडी, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ । रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभलगायत विभिन्न प्रविधिको प्रयोग गरी रङग रमाइलोका लागि मात्र नाच्ने गरिन्छ ।

यस पर्वलाई विशेष गरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङग खेलेर धुमधामका साथ मनाइन्छ । परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचारप्रसार नहुँदा पनि मौलिक संस्कृति धरापमा परेका छन् । होलीको दिन समूहमा वनभोज जाने चलन बढ्दै गएको छ । खानपान पनि खर्चिलो गरेर होली मनाउने देखासिकी उत्तिकै बढेको पाइन्छ । कतिपय ठाउँमा होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने भेटिन्छन् । 
      
लोक संस्कृितको क्षेत्रमा रम्ने र रमाउनेलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ । नयाँ पुस्तालाई पनि मौलिक संस्कृतिको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ । 
              
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गको चाड हो । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

 साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवती गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरुका समूह हातमा रङ र रङगीन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै आपसी रिसइबीलाई विर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending