Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भोेट माग्न गाउँ जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा गाउँगाउँका जनताको घरदैलोमा पुग्न सङ्घीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

सो पार्टीको संसदीय दलको आज नयाँ बानेश्वरमा भएको बैठकमा अध्यक्ष ओलीले एमालेले पाँच दलीय गठबन्धनलाई एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जनताका बीचमा पुगेर मत माग्न आग्रह गरेको हो ।

दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सरकारले हठात् सङ्घीय संसद्को अधिवेशन अन्त्य गराएको र समसामयिक विषयमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिएका थिए ।

भट्टराईले वडा, पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्नसहित साङ्गठनिक र वैचारिकरूपमा चुस्त हुँदै उम्मेदवार चयनका लागि मापदण्ड तय गरिसकेको अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले पूर्णरूपमा तम्तयार रहेको बताए।

उनले वर्तमान ‘विचार र सिद्धान्त नमिल्ने’ सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न एक्लै एमाले सक्षम रहेको जिकिर गर्दै हाल जनप्रतिनिधि रहेका र राम्रा काम गरेका तथा योग्यतम उम्मेदवारलाई सम्बन्धित कमिटीले सकेसम्म सर्वसम्मतरूपमा उम्मेदवार चयन गर्ने र ती कमिटीले नसकेमा माथिल्लो कमिटीले निर्णय दिने स्पष्ट गरे। 

उनले एमालेबाहेकका दलले नै एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन आवश्यक रहेको जनाउन थालेकाले समृद्धिको सोचसहित एमाले चुनावमा उत्रने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending